अन्डरवर्ल्ड एजेन्ट भन्दै असुली गर्ने चिकित्सक पक्राउ

काठमाडौँ। आफूलाई अन्डरवर्ल्ड नेटवर्कको एजेन्ट बताएर रकम असुली गर्न खोजेको आरोपमा एक जना चिकित्सक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भोजपुर स्थायी घर भइ ललितपुर बस्दै आएका एमबीबीएस डाक्टर आशिष दाहाल रहेको उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले जनाएको छ ।

प्रहरीका अनुसार, दाहालले ह्वाट्स एपमार्फत आफू आपराधिक गिरोहको अन्डरकभर एजेन्ट भएको भन्दै फोन गर्ने गरेका थिए । आफूले भनेअनुसार रकम नदिए बिहार लगायतका स्थानबाट कन्ट्याक्ट किलर भाडामा लिएर हत्या गर्ने धम्की समेत दिने गरेको खुलेको छ ।

दाहालले ५० हजारदेखि २ लाख रुपैयाँसम्म माग गर्ने गरेका थिए । यो सूचना प्राप्त हुनासाथ खटिएको कार्यालयको टोलीले दाहाललाई शंखमुलबाट पक्राउ गरेको प्रहरीको भनाइ छ ।

  • Related Posts

    ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं । ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने नवलपरासी पश्चिम सुस्ता गाउँपालिका-३ घर भएका ३९ वर्षीय सागर रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा…

    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    काठमाडौं । चालु आर्थिक वर्षको ९ महिना साउनदेखि चैतसम्म सम्ममा निर्यात व्यापार २ खर्ब २२ अर्ब बराबरको भएको छ ।  भन्सार विभागले सार्बजनिक गरेको रिपोर्टका अनुसार अघिल्लो आवको सोही अवधिमा…

    पहिलो

    प्रतिबन्धित लागु औषध सहित एक जना भारतीय नागरिक पक्राउ-

    • April 22, 2026
    • 101 views
    प्रतिबन्धित लागु औषध सहित एक जना भारतीय नागरिक पक्राउ-

    ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    • April 22, 2026
    • 14 views
    ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    पर्सा मा गाँजा सहित ४ जना भारतीय पक्राउ-

    • April 21, 2026
    • 134 views
    पर्सा मा गाँजा सहित ४ जना भारतीय पक्राउ-

    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    • April 21, 2026
    • 39 views
    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    वार्ताको चर्चाका बीच इरानको युद्धक्षेत्रमा नयाँ रणनीति

    • April 21, 2026
    • 40 views

    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    • April 21, 2026
    • 37 views
    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा