अराजक गतिविधि गर्ने महिलालाई पक्राउ गर्न सूर्य विनायक नगरपालिकाको माग

भक्तपुर । भक्तपुरको सूर्य विनायक नगरपालिकाले वडा नं ९ र १० को सिमानामा अवस्थित झोलुङ्गे पुलमा अराजक गतिविधि गर्ने महिलालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रहरीमा जाहेरी दिएको छ ।

आफूलाई सामाजिक अभियन्ता भन्दै सार्वजनिक सम्पत्तिमा हस्तक्षेप गर्ने, तोडफोड गर्ने, आगजनी गर्ने आशिका तामाङलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रहरी वृत्त जगातिमा जाहेरी दिएको नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले बताए ।

नगरपालिकाले बुधबार पत्रकार सम्मेलन गरी वडा नं ९ र १० को सिमानाबाट ओहोरदोहोर गर्ने गरी विगत तीन वर्षदेखि सञ्चालनमा ल्याएको झोलुङ्गे पुल चढेबापत पैसा लिएको भन्दै यही असोज ७ गते अभियन्ता भन्ने तामाङको नेतृत्वमा गएको टोलीले अस्थायी संरचना तोडफोड तथा आगजनी गरेको प्रवक्ता सापकोटाले जानकारी दिए ।

“युट्युबलाई कमाई खाने भाँडो बनाउने उद्देश्यले आफूलाई स्वघोषित सामाजिक अभियन्ता बताउने आशिका तामाङसहितको छ, सात जनाको टोलीले नगरपालिकाको सम्पत्ति माथि चक्कु, कैँची, पेञ्चिस, घनलगायत घरायसी हतियारको प्रयोग गरी ब्यानर च्यात्ने, टिकट जलाउने र झोलुङ्गे पुलको संरचना तोडफोड गरी भत्काएको छ”, नगरपालिकाका प्रवक्ता सापकोटाले भने, “त्यो ताण्डव सार्वजनिक सम्पत्ति माथि गर्न पाइँदैन, वास्तविकता र ऐन, कानुन नबुझी जनतालाई भ्रम फैलाएर तोडफोड गर्ने तामाङसहितको टोलीलाई तत्काल पक्राउ गरी कारबाही गर्न नगरपालिकाले प्रहरीमा जाहेरी दिएको छ ।”

पत्रकार सम्मेलनमा नगर प्रमुख वासुदेव थापाले वडा नं ९ बाट १० मा प्रवेश गर्ने पुल एक मात्र विकल्पको बाटो होइन, पैदल जान पनि सहज भएको बताए । उनले त्यो झोलुङ्गे पुल पर्यटन प्रवर्द्धनकै लागि बनाइएकाले शुल्क लिएको पनि बताए । उनले भने, “हामी नगरपालिकाको पर्यटन प्रवर्द्धनका लागि शिव सर्किट बनाउँदै छौँ, त्यो पुल त्यस क्षेत्रमा पर्यटक भित्र्याउन बनाइएको हो, स्थानीय पर्यटन प्रवर्द्धन गर्ने, चलचित्र, म्युजिक भिडियो, टिकटिकलगायत भिडियो निर्माण गर्ने उद्देश्यले नगरपालिकाले उक्त झोलुङ्गे पुल निर्माण गरी सञ्चालनमा ल्याएका हौँ ।”
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले नगरपालिकाले कानुनसम्मत शुल्क लिएको दाबी गरे। उनले भने, “सङ्घीय सरकारले बनाएको स्थानीय तह सञ्चालन ऐनमा व्यवस्था गरिए अनुसार पर्यटकीय क्षेत्रको शुल्क लिएका हौँ । पुल ऐच्छिक हो, मन्दिर पुग्न अर्को पुरानो बाटो छ ।”

नगरपालिकाले आर्थिक वर्ष २०७९/८० देखि साँगाको उक्त पुलबाट ओहोरदोहोर गर्दा २० रुपैयाँ शुल्क लिने गरी ठेक्कामा लगाएको थियो । नगरपालिकाले आर्थिक वर्ष ०७९/०८० मा रु. ३४ लाखमा र आव ०८०/०८१ लागि रु. ३९ लाखमा ठेक्का लगाएको प्रवक्ता सापकोटाले जानकारी दिए । ठेक्काबाट सङ्कलित रकममा नगरपालिकाले रकम थप गरेर त्यस क्षेत्रमा थप पर्यटकीय संरचना निर्माण गर्दै आएको उनको भनाइ छ ।

नगर प्रमुख थापाले स्थानीय दुई वडाका बासिन्दालाई भने प्रवेश निःशुल्क गरिएको र सूर्य विनायकका बासिन्दाका लागि शुल्कमा ५० प्रतिशत छुट गरिएको जानकारी दिए । प्रवेश शुल्कको वास्तविकता के हो भन्ने नबुझी अफवाह फैलाउने प्रायोजित उद्देश्यले आफूखुसी भिडियो बनाइ सामाजिक सञ्जालमा पोस्ट गरिएको भन्दै नगरपालिकाको मङ्गलबार बसेको १७५ औँ कार्यपालिकाको बैठकबाट निर्णय गरी जाहेरी दिएको जनाएको छ ।

  • Related Posts

    ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं । ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने नवलपरासी पश्चिम सुस्ता गाउँपालिका-३ घर भएका ३९ वर्षीय सागर रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा…

    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    काठमाडौं । चालु आर्थिक वर्षको ९ महिना साउनदेखि चैतसम्म सम्ममा निर्यात व्यापार २ खर्ब २२ अर्ब बराबरको भएको छ ।  भन्सार विभागले सार्बजनिक गरेको रिपोर्टका अनुसार अघिल्लो आवको सोही अवधिमा…

    पहिलो

    प्रतिबन्धित लागु औषध सहित एक जना भारतीय नागरिक पक्राउ-

    • April 22, 2026
    • 78 views
    प्रतिबन्धित लागु औषध सहित एक जना भारतीय नागरिक पक्राउ-

    ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    • April 22, 2026
    • 13 views
    ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    पर्सा मा गाँजा सहित ४ जना भारतीय पक्राउ-

    • April 21, 2026
    • 130 views
    पर्सा मा गाँजा सहित ४ जना भारतीय पक्राउ-

    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    • April 21, 2026
    • 38 views
    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    वार्ताको चर्चाका बीच इरानको युद्धक्षेत्रमा नयाँ रणनीति

    • April 21, 2026
    • 38 views

    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    • April 21, 2026
    • 37 views
    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा