अव्यवस्थित सालिकले ट्राफिक व्यवस्थापनमा सकस

गण्डकी । पोखराका मुख्य चोक र सडकमा रहेका अव्यवस्थित सालिकका कारण ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै आएको छ ।

सडक सुरक्षासँगै बढ्दो जनघनत्व, सवारी चाप र सहरी सौन्दर्यलाई दृष्टिगत गरी एक वर्ष अघि सालिक व्यवस्थापन तथा स्थानान्तरण गर्ने निर्णय गरेकामा कार्यान्वयन नहुँदा ट्राफिक व्यवस्थापन सकसपूर्व बन्दै आएको हो । पोखरामा पर्यटकको आगमन बढ्नुका साथै बढ्दो जनघनत्व र सवारी चापका कारण ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गएकाले मुख्य सडक र चोकमा रहेका सालिक अन्यत्र स्थानान्तरण गर्नुपर्ने निर्णय भएको थियो ।

विसं २०८० साउनमा पोखरा महानगरपालिकाको अगुवाइमा बसेको सर्वदलीय/सर्वपक्षीय बैठकले व्यस्त सडकमा भएका सालिक पोखरा–१८ जामुनबोटस्थित सहिद तथा विभूति उद्यानमा सार्ने निर्णय गरेको थियो । पोखरा-१ का वडाध्यक्ष सहारा प्रधानले महानगरमा क्रियाशील राजनीतिक दल, सरकारी निकाय तथा सरोकार भएका संघ संस्थासँगको समन्वयमा एक महिनाभित्र सालिक व्यवस्थापन गर्ने भनिएकामा एक वर्षसम्म पनि उक्त निर्णय कार्यान्वयन हुन नसकेको बताए।

“महानगरभित्रका सबै चोक र सडकमा रहेका सालिक जामुनबोटको सहिद उद्यानमा स्थानान्तरण गर्ने निर्णय भएकामा अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन”, उनले भने “सालिक सार्ने विषयमा पछिल्लो समय महानगर कार्यपालिकाको बैठकमा छलफल पनि भएको छैन ।” वडा नं १ हरिचोकमा सहिद हरिप्रसाद गुरुङको सालिक छ । वडाध्यक्ष गुरुङले सालिक व्यवस्थापन र स्थानान्तरण गर्ने कार्यमा सर्वदलीय र सर्वपक्षीय सहमति आवश्यक पर्ने भन्दै यसले ट्राफिक व्यवस्थापनमा सहजता ल्याउने विश्वास व्यक्त गरे।

जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख भानु शर्माले दीर्घकालीन रूपमा सालिकको व्यवस्थापन गर्नुपर्ने बताए। “सालिक राखिएका स्थानमा ती संरचना नहुँदा सडक फराकिलो हुन्छ, व्यस्त चोकमा सालिकको ठाउँमा ट्राफिक आइल्याण्ड राख्न सकियो भने सवारी व्यवस्थापनमा पनि सहजता थपिन्छ”, उनले भने “सालिक भएकाले कतिपय स्थानमा ट्राफिक व्यवस्थापन गर्न कठिनाइ भइरहेकाले यसको दीर्घकालीन समाधान गर्न महानगरले योजना बनाउनुपर्छ ।”

अधिकांश सालिक राजमार्गका मुख्य चोकमा अवस्थित रहेका बताउँदै बढ्दो सवारी चाप र पार्किङ अभावका कारण पछिल्लो समय पोखराको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको प्रमुख शर्माले उल्लेख गरे। “कतिपय ऐतिहासिक व्यक्तित्वका सालिक रहेका ठाउँमा उनीहरूका जयन्ती वा अन्य कार्यक्रममा मानिसको घुइँचो हुँदा ट्राफिक व्यवस्थापनमा समस्या हुनाका साथै दुर्घटनाको जोखिम पनि बढ्छ”, उनले भने ।

छ वर्ष अघि सडकका सालिक हटाउन खोज्दा विभिन्न संघसंस्था र समूहबाट विरोध भएपछि महानगरले जामुनबोटमा महानगरभित्रका सबै सालिक व्यवस्थापन गर्ने गरी सहिद तथा विभूति उद्यान निर्माण गरेको थियो । उक्त उद्यानमा पृथ्वीनारायण शाह, रवीन्द्र अधिकारी, भीमसेन दाहाल, योगेन्द्र शेरचनलगायतका सालिक राखिएका छन् ।

पोखराको व्यस्त पृथ्वी चोक, अमरसिँहचोक, विरौटाचोक, हरिचोकलगायत ठाउँमा अहिले पनि राष्ट्रिय विभूतिदेखि साहित्यकारसम्मका सालिक छन् । कतिपय सालिक संरक्षण र रेखदेखको अभावमा जीर्ण बन्दै गएका छन् ।

पोखरा–मुग्लिन सडक चार लेनमा विस्तार भइरहेकाले सालिक केही ठाउँका सालिक तत्कालीन व्यवस्थापन गर्नुपर्ने छ । पोखरा-१० अमरसिँहचोकमा रहेको राष्ट्रिय विभूति अमरसिंह थापा र वडा नं १६ अर्घौचोकमा रहेको साहित्यकार लेखनाथ पौडेलको सालिक सोही सडक खण्डमा पर्दछ। वडा नं ९ पृथ्वी चोकमा अहिले सहिद लखन थापाको सालिक छ । दोस्रो जनआन्दोलनका बेला पृथ्वीनारायण शाहको सालिक तोडफोड भएपछि उक्त स्थानमा लखन थापाको सालिक राखिएको थियो ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 89 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 118 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 46 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 69 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 50 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 55 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल