असली जेनजीका प्रतिनिधि पहिचान गर्न अन्तरिम सरकारलाई सुझाव

काठमाडौँ । पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले असली जेनजीलाई चिन्न सरकारलाई सुझाव दिएका छन् ।

डा. भट्टराईले अन्तरिम सरकार प्रष्ट रहनुपर्छ भन्दै भदौ २३ गते जेनजी आन्दोलन शुरू हुँदा जसले औपचारिक रूपमा पहल गरेका र सडकमा नेतृत्व गरेका थिए, उनीहरुलाई नै मुख्य प्रतिनिधि मान्ने र जसले पछि सहयोग गरे तिनलाई सहयोगी मान्ने कुरा नै सही हुने सुझाव दिएका छन् । साथै उनले पछि घुसपैठ गरेर प्रतिगामी नारा लगाउने र गलत हर्कत गर्नेहरूलाई यथोचित व्यवहार गर्न समेत सुझाव दिएका छन् ।

उनले विगतका आन्दोलनका गल्ती कमजोरीबाट सिक्दै जेनजी विद्रोहलाई यसको ऐतिहासिक परिवर्तनकारी ध्येयसम्म पुर्याउन चार बुँदे सुझाव दिएका छन्: 

१- अंग्रेजीमा एउटा प्रसिद्ध भनाइ छ: ‘सक्सेस ह्याज हन्ड्रेड फादर्स, डिफिट इज एन अर्फान ! अर्थात्, ‘सफलताका सय जना पिता हुन्छन्; असफलता टुहुरो हुन्छ’ । नेपालीमा पनि एउटा त्यस्तै भनाइ छ: ‘ माछा देखे भित्र हात, सर्प देखे बाहिर हात !’ अझैसम्म यो विद्रोहको परिणाम के हुन्छ भन्ने चित्र प्रष्ट भैसकेको छैन । तैपनि अहिले खाश गरी जेनजीका वास्तविक प्रतिनिधि को हुन् ? यसमा को कसको के के भूमिका रह्यो ? आदिवारे केही अन्योल जस्तो देखिनु विडम्बनापूर्ण छ । यसवारे अन्तरिम सरकार प्रष्ट रहनुपर्छ। भदौ २३ गते जेन-जी आन्दोलन शुरू हुँदा जसले औपचारिक रूपमा पहल गरेका र सडकमा नेतृत्व गरेका थिए तिनलाई नै मुख्य प्रतिनिधि मान्ने र जसले पछि सहयोग गरे तिनलाई सहयोगी मान्ने कुरा नै सही हुन्छ। पछि घुसपैठ गरेर प्रतिगामी नारा लगाउने र गलत हर्कत गर्नेहरूलाई यथोचित व्यवहार गर्नु उचित हुन्छ । साथै अर्को गम्भीर कुरा, पटकपटक सत्तामा रहेर जसका गलत हर्कतले यो युवाविद्रोह सिर्जना गर्यो वा जसले अहिलेको आन्दोलनमा पनि घुसपैठ गरेर/गराएर सार्वजनिक सम्पत्ति नष्ट गराए  तिनैमध्ये कोही साखुल्ले बनेर अहिले गोहीको आँसु झार्दैअघि आउँछन् भने तीबाट पनि सतर्क रहनैपर्छ ।

२- अहिलेको अन्तरिम सरकार कसैको दयामाया र कृपाले नभै जेनजी विद्रोहको बलमा र ऐतिहासिक आवश्यकताले गठन भएको हुँदा यसले भित्रीबाहिरी कुनै शक्तिको डरत्रास नमानी आफ्नो निष्ठा आन्दोलनकारीप्रति रहेकोमा प्रष्ट हुँदै प्राप्त कार्यादेश पूरा गर्नेतर्फ दत्तचित्त भएर लाग्नुपर्छ। सत्कर्मको जश इतिहासले अवश्य दिन्छ भन्ने कुरामा ढुक्क रहनुपर्छ ।

३- मुख्य कार्यकारी अंग अन्तरिम सरकार बाहेक राज्यका अरू स्थायी अंगहरू ( कर्मचारीतन्त्र, न्यायालय, सुरक्षा अंगहरू, संवैधानिक आयोगहरू आदि) र प्रदेश र स्थानीय सरकारहरूले पनि आफुलाई यो बदलिएको परिवेशमा जेन-जी विद्रोहको दूरगामी महत्व र असरलाई आत्मसात गर्दै कुनै किन्तुपरन्तु नगरी सहयोग गर्नुपर्छ। कथंकदाचित चित्त नबुझे पदत्याग गरेर मार्ग प्रशस्त गर्नु उचित हुन्छ तर असहयोग र अन्तरध्वंश गर्नु हुँदैन ।

४- लोकतन्त्रमा अर्को महत्वपूर्ण तर ओझेलमा पर्दै आएको बिषय, विशाल गैर-राज्य  क्षेत्रका उद्यमी-व्ययवसायी, सार्वजनिक बौद्धिक र आम नागरिकहरूले पनि सचेतनापूर्वक यो अन्तरिम कालमा आफ्नो दायित्व जिम्मेवारीपूर्वक र सक्रियतासाथ निर्वाह गर्नुपर्छ ।

  • Bishnu Timalsina

    Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    नेशनल मेडिकल कलेजमा ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (FDT) सफलतापूर्वक सम्पन्न-

    • June 26, 2026
    • 109 views
    नेशनल मेडिकल कलेजमा ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (FDT) सफलतापूर्वक सम्पन्न-

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    • June 25, 2026
    • 108 views
    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा  रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साद्वारा कर्डन यन्ड सर्च अप्रेशन संचालन गरी भारी मात्रामा लागु औषध गाँजा बरामद-

    • June 25, 2026
    • 85 views
    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साद्वारा कर्डन यन्ड सर्च अप्रेशन संचालन गरी भारी मात्रामा लागु औषध गाँजा बरामद-

    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    • June 24, 2026
    • 109 views
    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    • June 24, 2026
    • 71 views
    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    • June 24, 2026
    • 98 views
    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-