आइएमई र जीएमई मर्जरपछिको एकीकृत कारोबार सुरु 

काठमाडौँ । आइएमई र जीएमई रेमिटले मर्जरपछिको एकीकृत कारोबार शुभारम्भ भएको छ । 

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, आइएमई लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल, आइएमई लिमिटेडका प्रबन्ध निर्देशक हेमराज ढकाल र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले बुधबार आयोजित कार्यक्रममा एकीकृत कारोबारको संयुक्तरुपमा शुभारम्भ गरेका हुन् ।

मर्जरपछि बनेको आइएमईको चुक्ता पूँजी एक अर्ब नाघेको छ । एकीकृत कारोबारको शुभारम्भ गर्दै डेपुटी गभर्नर मिश्रले राष्ट्र बैकको प्राथमिकताबमोजिम औपचारिक अर्थतन्त्र निर्माणमा आइएमई रेमिट्यान्सको योगदान सशक्त रहेको बताए ।

डेपुटी गभर्नर मिश्रले रेमिट्यान्स सेवालाई सहज एवम् थप प्रविधियुक्त र सुलभ बनाउन पनि मर्जरले योगदान दिने बताए ।

सोही अवसरमा आइएमईका अध्यक्ष चन्द्रप्रसाद ढकालले करिब २५ वर्ष पहिले कम्पनी स्थापनाको समयलाई स्मरण गरे । 

जापान बस्दा हामी आफैँले नेपालमा पैसा पठाउँदा खेपेको सकस, अनौपचारिक र असुरक्षित माध्यमका कारण धेरै नेपालीहरूले आफ्नै कमाइ आफन्तसम्म पुर्‍याउन झेलिरहेका समस्याहरू देखेका हामीहरूले छिटो, भरपर्दो माध्यम खोजी गर्दै गर्दा आइएमईको जन्म हुन पुगेको हो, अध्यक्ष ढकालले उल्लेख गरे ।

अध्यक्ष ढकालले आइएमईलाई चाडै नै पब्लिकमा लैजाने जानकारी पनि गराए । 

रेमिट्यान्सको आकार बढेको, डिजिटल प्रविधिको विकाससँगै रेमिट्यान्सलाई डिजिटल माध्यमबाट सिधै वालेटमा वा बैंक खातामा पठाउन सकिने भएकाले रेमिट्यान्स कम्पनीको क्षेत्राधिकार विस्तारमा नेपाल राष्ट्र बैंकले सहजीकरण गर्ने विश्वास रहेको पनि अध्यक्ष ढकालले उल्लेख गरे ।

सो अवसरमा एकीकृत कारोबार पश्चात् आइएमई लिमिटेडका अध्यक्ष बनेका हेमराज ढकालले रेमिट्यान्सलाई औपचारिक अर्थतन्त्रमा जोड्दै देशको सामाजिक–आर्थिक रूपान्तरणको संवाहक बनेको आइएमईले अझ सबल र डिजिटल रेमिट्यान्सको लिडरको रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

सेवाग्राहीहरूको अपेक्षा तथा बजारको मागलाई ध्यानमा राख्दै दूरदराजसम्म डिजिटल रेमिट्यान्स सेवाको सहज पहुँच स्थापित गर्ने तथा सन्तुष्ट ग्राहकको संख्यामा उल्लेख्य वृद्धि गर्न कम्पनी सक्षम हुने आशा एवं विश्वास लिएको पनि अध्यक्ष ढकालले उल्लेख गरे ।

स्थानीय स्तरसम्म डिजिटल रेमिट्यान्स सेवा विस्तार गरी आमनागरिकलाई औपचारिक अर्थतन्त्रसँग जोड्नेमात्र नभएर देशको समग्र आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका निभाउन सकिने अपेक्षा संस्थाले लिएको छ । यसका लागि रेमिट्यान्स कम्पनीहरूको कार्यक्षेत्र विस्तारमा सहयोग गर्न पनि अध्यक्ष ढकालले राष्ट्र बैंकसँग आग्रह गरे ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेलले रेमिट्यान्स कम्पनीलाई समयानुकूल क्षेत्र विस्तार गर्न प्रोत्साहन गरिरहेको उल्लेख गर्दै रेमिट्यान्स सेवा शुल्कलाई थप कम हुने अपेक्षा राखिएको बताए ।

आइएमईमा गाभिएको जिएमई रेमिटका अध्यक्ष अर्जुन शर्मा पौडेलले कोरिया जापान लगायतका उदाउँदा श्रम गन्तव्यहरू लक्षित गरी सेवा दिइरहेको जिएमई रेमिटलाई सम्मानजनक रूपमा आइएमईमा गाभिन सफल भएको बताए ।

एकीकृत कारोबार पश्चात् आइएमईका नवनियुक्त कार्यकारी प्रमुख दिवाकर पौडेलले यो मर्जरपछि समग्र रेमिट्यान्स सेवालाई थप सरल, सहज एवम् थप प्रविधियुक्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।

आइएमई रेमिटका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले रेमिट्यान्सले मुलुकको अर्थतन्त्रमा पारेको सकारात्मक योगदानको चर्चा गर्दै मर्जरपछि आइएमईले आफ्नो सेवालाई डिजिटलाइज्ड गर्र्दै थप चुस्त बनाउने बताए ।

  • Related Posts

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ जेठ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बुधबार बिहान करिब ०७:०० बजेको समयमा पर्सा जिल्लाको बिन्दबासिनी…

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, २५ जेठ । नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 98 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 123 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 50 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 73 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 54 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 59 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल