आइसीसी लिग २ मा आज नेपाल र क्यानडा भिड्दै

काठमाडौँ । विश्वकप लिग टु अन्तर्गत क्यानडामा जारी त्रिकोणात्मक ओडीआई सिरिजको तेस्रो खेलमा आज नेपालले घरेलु टोली क्यानडासँग खेल्दै छ ।

नेपाल र क्यानडाबीचको खेल नेपाली समयअनुसार राती ८ः४५ बजे क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा हुनेछ । लगातारको दोस्रो हार भोगेको नेपाल दबाबमा रहेको छ । पहिलो खेलमा क्यानडासँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित नेपालले दोस्रो खेलमा ओमानसँग एक विकेटले हारेको थियो । जारी सिरिजमा नेपाल लयमा देखिएको छैन । क्यानडासँगको पहिलो खेलमा नेपालले अत्यन्त कमजोर ब्याटिङ प्रदर्शन गरेको थियो ।

ओमान विरुद्धको खेलमा प्रशिक्षक मोन्टी देसाईले टिममा तीन परिवर्तन गरे । तर पनि नेपालले सो खेलमा पनि जित दर्ज गर्न सकेन । पहिलो खेलमा लिग टुमा क्यानडासँग भोगेको लज्जास्पद हारको बदला लिनुपर्ने दबाबसँगै चुनौती नेपाललाई रहेको छ । ६ खेलमा नेपालले मात्र एक खेल जितेर २ अंक मात्र बनाएको छ ।

नेपालले आज सुधारिएको प्रदर्शन गर्नु जरुरी छ । ब्याटिङ र बलिङ दुवैमा नेपालले मिहिनेत गर्नुपर्ने देखिएको छ । क्यानडा १० खेलमा १२ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा छ ।

  • Related Posts

    काठमाडौँ । जेठ १ गतेसम्म सञ्चालन भइरहेको सरसफाइ सप्ताह अन्तर्गत संघीय संसद सचिवालयका महासचिवज्यूको नेतृत्वमा आयोजित सरसफाइ कार्यक्रममा सम्माननीय सभामुख डिपी अर्याल सहभागी भएका छन् ।  उक्त कार्यक्रममा राष्ट्रिय सभाका…

    बादलले बोलेका असंसदीय कुन कुन शब्द रेकर्डबाट हटे

    काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले प्रतिनिधि सभामा मंगलबार बोलेका तीन वटा शब्दहरू संसदीय रेकर्डबाट हटेको छ । सभामुख डोलप्रसाद अर्यालले बुधबारको बैठकले थापाले मंगलबार संसद्मा…

    पहिलो

    ट्रम्पको बेइजिङमा भव्य स्वागत

    • May 13, 2026
    • 20 views
    ट्रम्पको बेइजिङमा भव्य स्वागत

    गुणस्तर सुधार गर्न दूरसञ्चार सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन

    • May 13, 2026
    • 23 views
    गुणस्तर सुधार गर्न दूरसञ्चार सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन

    ९९.३२ प्रतिशत कर्मचारीले बुझाए समयमा सम्पत्ति विवरण

    • May 13, 2026
    • 22 views
    ९९.३२ प्रतिशत कर्मचारीले बुझाए समयमा सम्पत्ति विवरण

    बादलले बोलेका असंसदीय कुन कुन शब्द रेकर्डबाट हटे

    • May 13, 2026
    • 23 views
    बादलले बोलेका असंसदीय कुन कुन शब्द रेकर्डबाट हटे

    जबरजस्ती करणीको अभियोगमा पक्राउ

    • May 13, 2026
    • 22 views
    जबरजस्ती करणीको अभियोगमा  पक्राउ