आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले  हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जानकारी दिएको छ ।

हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशको हिमाली प्रदेशमा साधारणतया बादल तथा बाँकी भू-भागमा आंशिक बादल लागेको छ । त्यस्तै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

आज दिउँसो देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ, तराई भू-भागमा आंशिक बादल लाग्नेछ ।  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपात साथै बाँकी तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राती कोशी प्रदेश लगायत देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षा तथा मधेश र बाँकी प्रदेशका पहाडी र हिमाली  भू-भागका  एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। 

  • Related Posts

    संजय दत्त र नोरा फतेहीलाई भारतको महिला आयोगले सोध्यो स्पष्टीकरण

    काठमाडौँ । बलिवुड अभिनेता संजय दत्त र अभिनेत्री नोरा फतेहीलाई भारतको महिला आयोगले स्पष्टीकरण सोधेको छ । केहि साता अघि रिलिज भएको फिल्म केडी द डेभिलको ‘सरके चुनर’ गीतको विवादका…

    सिएनएनका संस्थापक टर्नरको निधन

    काठमाडौँ । विश्वप्रसिद्ध समाचार सञ्जाल सिएनएनका संस्थापक टेड टर्नरको ८७ वर्षको उमेरमा निधन भएको छ । उनको बुधबार निधन भएको टर्नर इन्टरप्राइजेजले जनाएको छ । अमेरिकाको ओहायोमा जन्मिएका टर्नरलाई स्पष्ट…

    पहिलो

    रवीन्द्रनाथ टैगोर भारतको इतिहासमा असाधारण प्रतिभाशाली व्यक्ति थिए : शिवनाथ विष्णुपुरी, पूर्व जिल्ला शिक्षा अधिकारी-

    • May 7, 2026
    • 46 views
    रवीन्द्रनाथ टैगोर भारतको इतिहासमा असाधारण प्रतिभाशाली व्यक्ति थिए : शिवनाथ विष्णुपुरी, पूर्व जिल्ला शिक्षा अधिकारी-

    संजय दत्त र नोरा फतेहीलाई भारतको महिला आयोगले सोध्यो स्पष्टीकरण

    • May 7, 2026
    • 26 views
    संजय दत्त र नोरा फतेहीलाई भारतको महिला आयोगले सोध्यो स्पष्टीकरण

    सिएनएनका संस्थापक टर्नरको निधन

    • May 7, 2026
    • 18 views
    सिएनएनका संस्थापक टर्नरको निधन

    नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम घट्यो

    • May 7, 2026
    • 22 views
    नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम घट्यो

    नव निर्वाचित अध्यक्ष श्रेष्ठसहित सदस्यहरुको शपथ

    • May 7, 2026
    • 27 views
    नव निर्वाचित अध्यक्ष श्रेष्ठसहित सदस्यहरुको शपथ

    सिन्धुलीमा जन्ती बोकेको पिकअप दुर्घटना, ५ जना घाइते

    • May 7, 2026
    • 24 views
    सिन्धुलीमा जन्ती बोकेको पिकअप दुर्घटना, ५ जना घाइते