आज फाल्गुनन्द जयन्ती

काठमाडौँ । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो ।

किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्त्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गरेका थिए । जसलाई ‘सत्य धर्म मुचुल्का’ भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो ।

छोरीको विवाह गर्दा सोत-रीत (पैसा लिन नहुने), भगवान्को पूजा गर्दा जीवहत्या गर्न नहुने, मद्यपान तथा मासु सेवन नगर्ने, मृत्यु संस्कार तीन दिनमा सम्पन्न गर्नेजस्ता समाज सुधारका महत्त्वपूर्ण सामाजिक एवं सांस्कृतिक पक्ष त्यसमा समेटिएका छन्, जुन सबै धर्म, सम्प्रदाय, जाति, समुदाय र समाजका लागि उत्तिकै अनुकरणीय छन् ।

महागुरु फाल्गुनन्द आफ्नो जीवनको अन्तिम अवस्थासम्म भाषा, लिपि, संस्कार संस्कृति, सम्मान शिक्षा, समाज सुधारका निम्ति किराँत धर्मको उत्थान तथा संरक्षणको निमित्त लागिपरे। त्यसक्रममा उनले देशद्रोहीको अभियोग पनि खेप्नुपरेको थियो । किराँत समाज सुधारका लागि नीतिसमेत निर्माण गरी योगदान गरेका फाल्गुनन्दको २००५ सालमा निधन भयो ।

किराँत समाज सुधारमा पुर्‍याएको योगदानको कदर गर्दै फाल्गुनन्दलाई २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो । उनको योगदानको कदर गर्दै किराँती समुदायको बसोबास रहेको पूर्वी भेगका ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायतमा फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ । फाल्गुनन्द जयन्तीका अवसरमा कोशी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

  • Related Posts

    ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं । ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने नवलपरासी पश्चिम सुस्ता गाउँपालिका-३ घर भएका ३९ वर्षीय सागर रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा…

    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    काठमाडौं । चालु आर्थिक वर्षको ९ महिना साउनदेखि चैतसम्म सम्ममा निर्यात व्यापार २ खर्ब २२ अर्ब बराबरको भएको छ ।  भन्सार विभागले सार्बजनिक गरेको रिपोर्टका अनुसार अघिल्लो आवको सोही अवधिमा…

    पहिलो

    प्रतिबन्धित लागु औषध सहित एक जना भारतीय नागरिक पक्राउ-

    • April 22, 2026
    • 98 views
    प्रतिबन्धित लागु औषध सहित एक जना भारतीय नागरिक पक्राउ-

    ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    • April 22, 2026
    • 14 views
    ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    पर्सा मा गाँजा सहित ४ जना भारतीय पक्राउ-

    • April 21, 2026
    • 134 views
    पर्सा मा गाँजा सहित ४ जना भारतीय पक्राउ-

    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    • April 21, 2026
    • 39 views
    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    वार्ताको चर्चाका बीच इरानको युद्धक्षेत्रमा नयाँ रणनीति

    • April 21, 2026
    • 40 views

    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    • April 21, 2026
    • 37 views
    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा