आज विश्व रेडक्रस दिवस मनाइदै

काठमाडौँ । आज विश्व रेडक्रस दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरेर मनाइँदैछ ।

सन् १८६३ मा विश्वमा रेडक्रस अभियानको सूत्रपात गर्ने रेडक्रस अभियानका संस्थापक जँ हेनरी ड्युनाको जन्मदिनको अवसर पारेर हरेक वर्ष आजकै दिन रेडक्रस दिवस मनाइन्छ । 

यस बर्षको विश्व रेडक्रस दिवसको विषयवस्तु ‘मानवतामा एकताबद्ध’ भन्ने रहेको छ, जुन संकटको समयमा करुणाका साथ काम गर्ने स्वयंसेवक र कर्मचारीहरूको शक्तिमा केन्द्रित छ । यो विषयवस्तुले विभाजित संसारमा एकता, सामुदायिक लचिलोपन र मानवीय कार्यको संरक्षणमा जोड दिएको छ ।

नेपालमा रेडक्रस अभियानको एक अभिन्न अंकका रूपमा विसं २०२० भदौ १९ गते स्थापना भएको हो । हाल नेपाल रेडक्रसका सातै प्रदेशमा प्रदेश कार्यालय, ७७ जिल्लामा जिल्ला शाखा कार्यालय, सबै स्थानीय तहमा गरी एक हजार छ सय १५ उपशाखा कार्यालय र छ हजार ९३४ जुनियर तथा युवा सर्कल छन् । समुदायस्तरसम्म फैलिएका यी संगठानिक निकायमा नौ लाख ३० हजार सदस्य तथा स्वयंसेवक आबद्ध छन् ।

सङ्गठन र स्वयंसेवकको देशव्यापी सञ्जाल भएको नेपाल रेडक्रसले आइएफआरसीको आर्थिक एवं प्राविधिक सहयोगमा प्रकोप व्यवस्थापन, स्वास्थ्य सेवा, सामुदायिक विकास, खानेपानी तथा स्वच्छता प्रवद्र्धन, रेडक्रस सिद्धान्त र मूल्य मान्यताको प्रवद्र्धनजस्ता कार्य क्षेत्रहरूमार्फत बर्सेनि करिब २५ लाखभन्दा बढीलाई सेवा पु¥याउन सफल भएको छ ।

  • Related Posts

    करिब दुई घण्टा ढिलो गरि तोकियो सर्वोच्चमा पेसी

    सर्वोच्च अदालतको आजको मुद्धाको पेशी करिब दुई घण्टा ढिलो गरि तोकिएको छ । संबैधानिक परिषदले प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मालाई विहिबार सिफारिस गरेपछि आज सर्वोच्चको पेसी ढिलो गरि तोकिएको हो ।…

    विश्वविद्यालयहरुको रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

    काठमाडौँ । विभिन्न आठ विश्वविद्यालयमा रिक्त उपकुलपतिको नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ । विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल…

    पहिलो

    कर्तव्य ज्यान सम्बन्धी कसुरमा संलग्न तीन जना किर्तिपुरबाट पक्राउ

    • May 8, 2026
    • 32 views

    करिब दुई घण्टा ढिलो गरि तोकियो सर्वोच्चमा पेसी

    • May 8, 2026
    • 29 views
    करिब दुई घण्टा ढिलो गरि तोकियो सर्वोच्चमा पेसी

    विश्वविद्यालयहरुको रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

    • May 8, 2026
    • 28 views
    विश्वविद्यालयहरुको रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

    ‘सुपर-अर्थ’ ग्रह बारे वैज्ञानिकहरुको महत्वपूर्ण अध्ययन

    • May 8, 2026
    • 28 views
    ‘सुपर-अर्थ’ ग्रह बारे वैज्ञानिकहरुको महत्वपूर्ण अध्ययन

    सुनचाँदीको मुल्य बढ्यो

    • May 8, 2026
    • 16 views
    सुनचाँदीको मुल्य बढ्यो

    मन्त्रिपरिषद्को बैठक आज बस्दै

    • May 8, 2026
    • 27 views