आज विश्व सिमसार दिवस मनाइँदै

‘सिमसार र परम्परागत ज्ञान: सांस्कृतिक सम्पदाको उत्सव’ भन्ने नाराका साथ आज विश्व सिमसार दिवस मनाइँदै छ । तीव्रगतिमा भइरहेको सिमसार क्षेत्रको ह्रास रोक्नका लागि जनचेतना बढाउने तथा सिमसार क्षेत्रको संरक्षण र पुनःस्थापनाको प्रवर्द्धन गर्ने उद्देश्यले यो दिवस मनाइँदै आइएको छ ।

संयुक्त राष्ट्रसङ्घले सन् २०२१ अगष्ट ३० मा प्रत्येक वर्षको फेब्रुअरी २ मा विश्वभर सिमसार दिवस मनाउने निर्णय गरेको थियो । सन् १९७१ मा क्यास्पियन समुद्रको किनारमा रहेको इरानको सहर रामसारमा आयोजित अन्तर्र्राष्ट्रिय महत्वको सिमसारसम्बन्धी महासन्धिको अङ्गीकार गरिएको दिनको सम्झनामा दिवस मनाउन लागिएको हो ।

संरक्षित क्षेत्रहरूको घोषणा, प्रभावकारी नीतिको कार्यान्वयन र ज्ञान आदानप्रदानमार्फत उक्त महासन्धिले राष्ट्रहरूलाई आफ्ना जलाधार क्षेत्रहरूको संरक्षण र दिगो उपयोगका लागि आवश्यक कदम उठाउन सक्षम बनाउने उद्देश्यले दिवस मनाइने गरिएको छ । कुल १७२ राष्ट्रले अङ्गीकार गरेको यस महासन्धिमा सहभागी हुने देशले अन्तर्राष्ट्रिय महत्वका सिमसार क्षेत्रको सूची (रामसार क्षेत्र) मा कम्तीमा एउटा जलाधार समावेश गर्नैपर्ने नियम छ ।

हाल नेपालको कोशी टप्पु वन्यजन्तु आरक्ष, राराताल, माईपोखरी, फोक्सुण्डो ताल, बिसहजारी ताल, घोडाघोडी ताल, गोसाइँकुण्ड ताल, गोक्यो ताल, जगदीशपुर जलासय र पोखरा उपत्यका तथा त्यस क्षेत्रका नौवटा तालको समूह रामसार सूचीमा समावेश छन् ।

सिमसार क्षेत्र भन्नाले प्राकृतिक अथवा कृत्रिम रुपले सृजना भई स्थायी वा अस्थायी रूपमा पानीले ढाकेको, पानी बग्ने वा झरनाका रूपमा खसेर बनेको दलदल, धाप, जरुवा क्षेत्र वा नुनिलो तथा क्षारयुक्त पानी रहेको ठाउँ वा भूभोगलाई बुझिन्छ । नेपालको राष्ट्रिय सिमसार नीति, २०६९ अनुसार सिमसार भनेको पानी जमेको वा बगेको, स्थायी वा अस्थायी, प्राकृतिक वा कृत्रिम रूपमा बनेको दलदल क्षेत्र हो ।

नेपाल एक पर्वतीय देश भएको र यहाँ जल, जमिन, जङ्गल, वनस्पति एवं खनिज पदार्थजस्ता प्राकृतिक स्रोतहरूको अपार भण्डार रहेको छ । नेपालको कुल क्षेत्रफलमध्ये आठ लाख १९ हजार दुई सय ७७ हेक्टर (करिब पाँच प्रतिशत) सिमसार क्षेत्रले ओगटेको छ ।

  • Related Posts

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    काठमाडौँ । ब्राजिलका स्टार खेलाडी नेइमार मांसपेशीमा चोट लागेपछि दुईदेखि तीन सातासम्म मैदान बाहिर रहने भएका छन् । उनको स्वास्थ्य परीक्षणपछि चोट पुष्टि भएको हो । चोटका कारण नेइमारले विश्वकपअघि…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-११ स्थित डब्लु डब्लु…

    पहिलो

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    • May 28, 2026
    • 16 views
    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    • May 28, 2026
    • 73 views
    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    “भारत र पाकिस्तान अझै पनि सिन्धु जल सन्धि पुनर्स्थापित गर्न सहमत हुन सक्दैनन्, तर पुन: संलग्नताले दिगो शान्ति ल्याउन मद्दत गर्न सक्छ”

    • May 27, 2026
    • 54 views

    भारत सरकार द्वारा नेपाल सरकार लाई दश वटा कैदी वाहक ट्रक उपहार-

    • May 26, 2026
    • 64 views
    भारत सरकार द्वारा नेपाल सरकार लाई दश वटा कैदी वाहक ट्रक उपहार-

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    • May 26, 2026
    • 52 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    • May 26, 2026
    • 39 views
    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा