आन्तरिकतर्फ उडान भाडा घट्यो

काठमाडौँ । नेपालको निजी वायुसेवा कम्पनी बुद्ध एयरले रात्रिकालीन उडानको भाडा घटाएको छ ।

बुद्ध एयरले रात्रि उडानलाई थप सहज बनाउँदै विभिन्न गन्तव्यको भाडादर बिहान, दिउँसोको दाँजोमा भाडादर घटाएको बताएको छ ।

पोखराका लागि ५ सय रुपैयाँ, भैरहवा तथा नेपालगञ्जका लागि १ हजार रुपैयाँ र जनकपुरधामका लागि ८ सय रुपैयाँ भाडा घटाइएको कम्पनीले जनाएको छ ।

काठमाडौँ विमानस्थलको स्तरोन्नति तथा सीमित उडानले बुद्ध एयरले भैरहवा तथा पोखराबाट अतिरिक्त उडान थालेको समेत बताएको छ । सातामा पोखराबाट नेपालगञ्जको तीन उडान हुने गरेकोमा बुद्ध एयरले अब दैनिक थालेको छ । त्यसैगरी भैरहवाबाट पोखराका लागि दैनिक १ अतिरिक्त उडान थप गरेको छ ।

भैरहवामा अन्तर्राष्ट्रिय एयरलाइन्सहरूको उडानले त्यस भेगमा थप आर्थिक चलायमान हुने तथा पर्यटनलाई पनि टेवा पुग्ने कम्पनीको भनाइ छ ।

काठमाडौँ वा पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि भैरहवा आउजाउ गर्ने यात्रुलाई बुद्ध एयरले हरेक फेयरमा २५ केजी लगेज पनि छुट दिएको बताएको छ ।

  • Related Posts

    युएईले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्ने

    काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत आजदेखि नेपाल, युएई र ओमानबीचको सिरिज शुरु हुदैछ । सिरिजको पहिलो खेलमा नेपाल र युएई आमने सामने हुदैछन् । यस खेलमा…

    थापाथलीको सुकुम्बासी बस्ती क्षेत्रमा चलन थाल्यो डोजर

    काठमाडौँ । थापाथलीको सुकुम्बासी बस्ती क्षेत्रमा शनिबार बिहानैदेखि डोजर चलाइएको छ । यस अघि नै बस्ती हटाउने तयारीसँगै कडा सुरक्षा व्यवस्थाका बीच डोजरले घर तथा टहरा भत्काउन शुरु गरेको हो…

    पहिलो

    हेयर एक्सटेन्सनमा भेटियो क्यान्सरसँग सम्बन्धित रसायन

    • April 25, 2026
    • 20 views
    हेयर एक्सटेन्सनमा भेटियो क्यान्सरसँग सम्बन्धित रसायन

    मृत्युपछि फेरी जीवित हुने आशामा मृत शरीरलाई संरक्षण गरिदै !

    • April 25, 2026
    • 19 views
    मृत्युपछि फेरी जीवित हुने आशामा मृत शरीरलाई संरक्षण गरिदै !

    अमेरिकामा गर्भवती महिलालाई वर्क फ्रम होम नदिने कम्पनिलाई करोडौं जरीवाना !

    • April 25, 2026
    • 16 views
    अमेरिकामा गर्भवती महिलालाई वर्क फ्रम होम नदिने कम्पनिलाई करोडौं जरीवाना !

    युएईले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्ने

    • April 25, 2026
    • 16 views
    युएईले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्ने

    आइपिएलमा आज दुई खेल हुदै

    • April 25, 2026
    • 20 views
    आइपिएलमा आज दुई खेल हुदै

    के स्मार्टफोन कम्पनीहरुले फोन योजनाबद्ध रूपमै छिटो बिग्रिने बनाउने गरेका हुन् ?

    • April 25, 2026
    • 20 views
    के स्मार्टफोन कम्पनीहरुले फोन योजनाबद्ध रूपमै छिटो बिग्रिने बनाउने गरेका हुन् ?