इन्जिनियरिङ अध्ययन गरेर ब्लक उद्योगमा स्थापित

भजनी (कैलाली) । तेह्र वर्ष पहिले इन्जिनियरिङ पढेर काठमाडौँबाट फर्किएका तेजबहादुर थापा कैलालीको टीकापुरमा व्यवसायीका रूपमा स्थापित बन्दै गएका छन् । आफ्नै क्षमताले काम गर्न रुचाउने उनी एक उदाहरणीय कङ्क्रिट ब्लक व्यवसायीका रूपमा स्थापित भएका छन् । उनले २०६८ सालबाट टीकापुरमा अनुपमा कङ्क्रिट ब्लक उद्योग सञ्चालन गर्दै आएका छन् । अध्ययनका हिसाबले इन्जिनियर बन्नुपर्ने दबाबका बीच सफल व्यवसायी बनेका थापा आर्थिक उन्नतिको सपना व्यवसाय गरेर मात्रै पूरा गर्न सकिने बताउछन् ।

काठमाडौँ पढ्दै गर्दा बुबासँग विवाद भयो । उनलाई रु ५० हजारसम्म कमाउने जागिर खान सुझाव दिए । उनी भन्छन्, “त्यो बेला ५० हजारको जागिर खान सकिने स्थिति थिएन । म बुबाले सञ्चालन गरेको तर बन्द अवस्थामा रहेको ब्लक उद्योग सञ्चालन गरेर सफल बन्ने चुनौती दिएर व्यवसायमा लागेँ ।”

हरेस नखाएर काम गरेपछि नतिजा राम्रो आउँछ भन्ने अठोटले थापालाई उद्योगमा सफलता मिल्दै गयो । त्यसले परिवारमा पनि एकताको वातावरण सृजना भयो । उनले बर्सेनि बजार विस्तारसँगै ब्लक उत्पादन बढाउँदै लगे ।

एक वर्षमा २२ हजारसम्म ब्लक उत्पादन गरेका थियौँ । त्यो समयमा १७ जनाले उद्योगमा रोजगारी पाएका थिए । उनी भन्छन्, “सबै खर्च कटाएर मासिक रु एक लाखभन्दा बढी मैले बचत गर्थे”, निरन्तर उकालो लागेको थापाको ब्लक उद्योग कोरोना सङ्क्रमणको समयमा सुस्त भए पनि बिस्तारै उद्योगले पुरानै लय समात्न लागेको थापाले बताए । विदेशमा गर्ने मेहनत स्वदेशमा गर्दा सोचेको भन्दा राम्रो आम्दानी हुनेमा थापा विश्वस्त छन् । विदेशमा गएर अरूको काम गर्नुभन्दा स्वदेशमा रोजगारी सृजना गरेर अरूलाई स्वरोजगार बनाउन पाउँदा व्यवसायले झन् खुसी थप्ने काम गरेको थापाले बताए ।

उसो त जागिर खान पनि थापालाई समस्या थिएन । लोकसेवा लेडेर जागिर खान सक्ने क्षमता थापामा थियो । उता राजनीतिक कुल घरानामा जन्मिएका उनलाई राजनीतिक पहुँचकै भरमा भए पनि जागिर खान सक्ने स्थिति थियो । किनभने बुबा रतनबहादुर थापा सुदूरपश्चिम प्रदेश सभा सदस्य भइसकेका छन् । उनी कपा(एमाले)को कैलाली जिल्ला अध्यक्ष हुँदै हाल नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय उपाध्यक्ष छन् । थापाकी आमा २०७४ सालको स्थानीय तहको निर्वाचनमा लम्कीचुहा नगरपालिकाको उपप्रमुख भएर हाल नागरिक उन्मुक्ति पार्टीबाट सुदूरपश्चिम प्रदेशको सांसद हुँदै मन्त्रीको जिम्मेवारीसमेत पूरा गरिसकेका छन् ।

“म सानैदेखि आफैँ केही गर्नुपर्छ भन्ने मानसिकता बोकेको मान्छे हुँ । त्यसकारण पनि म बुबाआमासँग नजिक भइनँ । आमा मन्त्री बन्दा त म एक महिनापछि भेट्न गएको थिएँ”, थापा भन्छन्, “उहाँहरूको आफ्नो व्यक्तिगत जिन्दगी छ मेरो आफ्नो । सबैले आआफ्नो गरेर खाएका छौँ, कसैले कोहीप्रति निर्भर हुनुपरेको छैन, यही खुसीको कुरा हो । “आफ्नो व्यवसायबाट अन्य आठ–दश जना अन्यको परिवार पालिएको भन्दै त्यसमा आफूलाई गर्व लाग्ने थापाको भनाइ छ ।

सामाजिक क्षेत्रमा प्रत्यक्ष जोडिएका थापा अरूको सिको गरेर अगाडि बढ्न नहुने धारणा व्यक्त गर्छन् । “मैले कसैलाई सहयोग गर्दा त्यो दुनियाँलाई भनिरहनुपर्दैन । मैले निःस्वार्थ गरेको सेवा उसैले थाहा पाए पुग्छ”, उनले भने, “यहाँ गलत राजनीतिक संस्कार भएर पनि हुनसक्छ मैले राजनीतिक क्षेत्रमा चासो दिएको छैन । तर कुनै दलको सिद्धान्तभन्दा बाहिर रहेर निःस्वार्थ समाजसेवामा लाग्ने रहर भने छ ।” उनबाटै सिकेर कैयौँले ब्लक उद्योगसमेत सञ्चालन गरेका छन् ।

  • Related Posts

    युएईले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्ने

    काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत आजदेखि नेपाल, युएई र ओमानबीचको सिरिज शुरु हुदैछ । सिरिजको पहिलो खेलमा नेपाल र युएई आमने सामने हुदैछन् । यस खेलमा…

    थापाथलीको सुकुम्बासी बस्ती क्षेत्रमा चलन थाल्यो डोजर

    काठमाडौँ । थापाथलीको सुकुम्बासी बस्ती क्षेत्रमा शनिबार बिहानैदेखि डोजर चलाइएको छ । यस अघि नै बस्ती हटाउने तयारीसँगै कडा सुरक्षा व्यवस्थाका बीच डोजरले घर तथा टहरा भत्काउन शुरु गरेको हो…

    पहिलो

    हेयर एक्सटेन्सनमा भेटियो क्यान्सरसँग सम्बन्धित रसायन

    • April 25, 2026
    • 23 views
    हेयर एक्सटेन्सनमा भेटियो क्यान्सरसँग सम्बन्धित रसायन

    मृत्युपछि फेरी जीवित हुने आशामा मृत शरीरलाई संरक्षण गरिदै !

    • April 25, 2026
    • 22 views
    मृत्युपछि फेरी जीवित हुने आशामा मृत शरीरलाई संरक्षण गरिदै !

    अमेरिकामा गर्भवती महिलालाई वर्क फ्रम होम नदिने कम्पनिलाई करोडौं जरीवाना !

    • April 25, 2026
    • 20 views
    अमेरिकामा गर्भवती महिलालाई वर्क फ्रम होम नदिने कम्पनिलाई करोडौं जरीवाना !

    युएईले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्ने

    • April 25, 2026
    • 20 views
    युएईले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्ने

    आइपिएलमा आज दुई खेल हुदै

    • April 25, 2026
    • 24 views
    आइपिएलमा आज दुई खेल हुदै

    के स्मार्टफोन कम्पनीहरुले फोन योजनाबद्ध रूपमै छिटो बिग्रिने बनाउने गरेका हुन् ?

    • April 25, 2026
    • 23 views
    के स्मार्टफोन कम्पनीहरुले फोन योजनाबद्ध रूपमै छिटो बिग्रिने बनाउने गरेका हुन् ?