इन्डोनेसियाका बलरको टी-२० क्रिकेटमा नयाँ किर्तिमान, एकै ओभरमा लिए ५ विकेट

इन्डोनेसियाका २८ वर्षीय दायाँ हाते द्रुत बलर गेडे प्रियन्दनाले अन्तर्राष्ट्रिय टी-२० खेलमा एक ओभरमा पाँच विकेट लिएर नयाँ किर्तिमान बनाएका छन् ।

मंगलबार बालीमा कम्बोडियाविरुद्धको पहिलो टी-२० खेलमा प्रियन्दनाले एकै ओभरमा ५ विकेट लिएका थिए ।

इन्डोनेसियाले दिएको १६८ रनको पछ्याउने क्रममा कम्बोडियाले १०६ रन बनाएर ५ विकेट गुमाएको अवस्था रहेको थियो । प्रियन्दनाले खेलको १६औं ओभर बलिङ गर्दै पहिलो तीन बलमा लगातार तीन विकेट लिएर ह्याट्रिक पुरा गरेका थिए । त्यसपछि चौथो बल डट भएको थियो । पाँचौं बलमा उनले अर्को विकेट लिए भने छैटौं बल ह्वाइट फालेका थिए । त्यसपछि अन्तिम बलमा अर्को विकेट लिएर कम्बोडिया १०७ रनमा अल आउट भएको थियो । 

अन्तर्राष्ट्रिय खेलमा कुनै बलरले एक ओभरमा पाँच विकेट लिएको यो पहिलो पटक हो, तर आजभन्दा पहिले कुनै बलरले एक ओभरमा चार विकेट भने १४ पटक लिएका छन् । यी मध्ये सबैभन्दा प्रसिद्ध थियो जब श्रीलंकाका लसिथ मालिंगाले २०१९ मा न्युजिल्याण्डविरुद्धको टी-२० को तेस्रो ओभरमा चार बलमा चार विकेट लिएका थिए ।

  • Related Posts

    टी-२० र टेस्ट क्रिकेटमा नयाँ नियम

    काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बोर्ड बैठकले क्रिकेटका विभिन्न ढाँचासँग सम्बन्धित महत्त्वपूर्ण निर्णयहरू अनुमोदन गरेको छ । भारतको अहमदावादमा भएको बैठकमा खेलाडी, प्रशिक्षक तथा खेल अधिकारीसँग सम्बन्धित नियमहरूमा…

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    काठमाडौँ । ब्राजिलका स्टार खेलाडी नेइमार मांसपेशीमा चोट लागेपछि दुईदेखि तीन सातासम्म मैदान बाहिर रहने भएका छन् । उनको स्वास्थ्य परीक्षणपछि चोट पुष्टि भएको हो । चोटका कारण नेइमारले विश्वकपअघि…

    पहिलो

    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    • June 24, 2026
    • 87 views
    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    • June 24, 2026
    • 51 views
    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    • June 24, 2026
    • 79 views
    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    • June 23, 2026
    • 89 views
    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    • June 21, 2026
    • 118 views
    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    • June 21, 2026
    • 103 views
    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-