उज्यालो पर्खिरहेको निसेलढोर

ढोरपाटन (बागलुङ) ।  पूर्वी रुकुमको सिमानासँग जोडिएको निसेलढोरमा अहिलेसम्म विद्युत्को पहुँच पुगेको छैन । बागलुङको निसीखोला गाउँपालिका–५ मा पर्ने निसेलढोर विद्युत् नपुग्दा अन्धकारमा बस्न बाध्य छन् । 

जिल्लाकै सबैभन्दा दुर्गमा मानिने यो ठाउँ नेपालको एकमात्र सिकार आरक्ष क्षेत्रसमेत पर्छ । विद्युत्को सुविधा नहुँदा स्थानीयले दियालो, टुकी बालेर रात बिताउन बाध्य छन् । एक दशक अगाडिसम्म निसेलढोरमा निसीवासी बर्खाको समयमा पशुचौपाया पाल्ने, आलु र स्याउ फलाउने गर्थे । बर्खाको चार महिना मात्र निसेलढोर बस्ने स्थानीय हिउँदको समयमा निसी गाउँमा बस्ने गर्थे । निसेलढोर लेक क्षेत्र पर्छ भने निसी गाउँ औल (बेंसी)क्षेत्र हो । 

पछिल्लो समय करिब ७० परिवार बाह्रै महिना स्थायी रूपमा निसेलढोरमा बस्ने गर्छन् । बर्खाको समयमा बने यहाँ बसोबास गर्नेको सङ्ख्या दुई सय बढी घरपरिवार हुन्छन् । असारदेखि असोजसम्म निसेलढोरमा बस्ने निसीवासी कात्तिकदेखि निसी गाउँमा झर्ने गर्छन् । पछिल्लो समय स्थायी रूपमै निसेलढोरमै बस्नेको सङ्ख्या बढ्दै गएको हो । उनीहरू सबै अहिले पनि अन्धकारमा बस्ने गरेका छन् । उनीहरूले उज्यालो खोजी रहेका छन् । ढोरपाटन उपत्यकादेखि करिब डेढ घण्टाको यात्रामा पुग्न सकिने निसेलढोर पर्यटकीय हिसाबले निकै आकर्षक भए पनि विद्युत्लगायतका सुविधा नपुग्दा ओझेलमै छ । 

पहिले हिउँदमा हिमपात हुने र बढी चिसोका कारण यहाँ कममात्रै स्थानीय बस्ने गरे पनि पछिल्लो समय सडकले जोडिएपछि स्थायी रूपमा बस्नेको सङ्ख्या बढ्न थालेको निसीखोला गाउँपालिका–५ निसेलढोरकी सम्झना विकले बताए । गाउँमा विद्युत् नहुँदा अन्धकारमै रात बिताउँदै आएको भन्दै आधुनिक प्रविधिको विकास हुँदासमेत आफूहरू सूचना सञ्चारबाट टाढा रहनुपरेको सुनाए । यो ठाउँ कृषि र पशुपालनका लागि उपयुक्त ठाउँ भएको हुँदा अहिले धेरैजसो स्थायी रूपमा बसोबास गर्न थालेको भन्दै राज्यको नजर नपुग्दा बिजुलीको उज्यालोभन्दा टाढा रहनु परेको उनको भनाइ छ ।

विकले भने, “यो अलि बढी चिसो ठाउँ हो, यहाँ बसोबास गर्ने थालेको पुर्खादेखि रैछ, तर यतिका समयसम्म पनि बिजुली आएको छैन, हामीहरू पनि यही देशका नागरिक हौँ, राज्यको नजर पुग्न सकेन, देश विदेशमा घटना हुन्छ, टेलिभिजन हेर्न रेडियो सुन्न पाइँदैन, साथमा मोबाइल भएर के गर्ने ?, चार्ज गर्न पाइँदैन, एउटा मोबाइल चार्ज गर्न, दुई÷तीन घण्टा हिँडेर ढोरपाटन पुग्नुपर्ने अवस्था छ, बिजुली हुन्थ्यो भने साँझमा केटाकेटीले अबेरसम्म पढ्न पाउँथे, देश विदेशका खबर सुन्न पाइन्थ्यो ।”

स्थानीय बलबहादुर घर्तीले दियालो र दाउरा काट्न सिकार आरक्षले अवरोध गर्ने हुँदा खाना पकाउन र साँझमा उज्यालो पार्न निकै अप्ठ्यारो हुने बताए । पहिलेपहिले बजारबाट मट्टितेल लिएर टुकी बाल्ने गरेको स्मरण गर्दै अहिले जताततै बिजुली पुगेपछि पाइन छोडेको उनको भनाइ छ । 

नेताहरूलाई धेरै पटक बिजुलीको सुविधा ल्याई दिन माग गरेको भन्दै गत वर्ष केही ठाउँमा विद्युत् खम्बा गाडे पनि अहिले त्यो काम अलपत्र जस्तै भएको घर्ती बताउछन् ।

“निसेलढोरको जनता त धेरैतिरबाट मारमा छौँ, वनमा गएर घाँस दाउरा ल्याउन पनि सिकार आरक्षले दिँदैन, रातमा बाल्ने सल्लाको दियालो काट्न पनि दिँदैन, त्यतिमात्रै होइन खोलाको माछा मारेर खान पनि दिँदैन”, घर्तीले भने, “अहिलेसम्म जसोतसो बसिरहेका छौँ, पछिपछि त यहाँबाट पनि हटाउँछन् कि क्या हो, आफ्नो सुख, दुःख गरेर खान पनि मुस्किल छ, कहिले कहीँ बाहिरबाट मान्छे आइर बास बस्न खोज्छन्, अँध्यारोमा कसरी बस्नु हुन्छ भनेर जान्छन्, बिजुली आए पनि यो ठाउँको मुहार थोरै भए पनि फेरिने थियो ।” 

निसीखोला गाउँपालिका–५ का अध्यक्ष हर्कमान घर्तीमगरले निसेलढोरमा विद्युत् पु¥याउनका लागि अघिल्लो वर्षदेखि काम सुरु गरेको बताए । ढोरपाटन नगरपालिका–९ भुजीस्थित भुजी लघु जलविद्युत् आयोजनाबाट निसेलढोरलाई जोड्ने उनले बताए । गत वर्ष विद्युत् केही स्थानमा खम्बा गाड्ने र निसेलढोरवासीको ९० प्रतिशत घरमा आइरिङको काम सकेको भन्दै यस वर्ष विद्युत् जसरी पनि बाल्ने लक्ष्य लिएको अध्यक्ष घर्तीमगर बताउछन् । 

यहाँका नागरिकलाई विद्युत्को पहुँचमा ल्याउनका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ४० विनियोजन गरेका हुँदा बर्खा सकिएलगत्तै काम सुरु गर्ने उनले बताए। लाइन निसेलढोर नजिकै रहेको आर्मी क्याम्पसम्म पुर्‍याइने अध्यक्ष घर्तीमगरले जानकारी दिए ।

  • Related Posts

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ जेठ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बुधबार बिहान करिब ०७:०० बजेको समयमा पर्सा जिल्लाको बिन्दबासिनी…

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, २५ जेठ । नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 95 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 123 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 50 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 73 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 54 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 59 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल