एकीकृत समाजवादीको आरोप- ओलीले पार्टी एकता भाँड्न ‘घर फर्क’ को जाल फ्याँके

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टी एकता भाँड्न केपी ओलीले ‘घर फर्क’ को जाल फ्याँकेको आरोप लगाएको छ ।

उपाध्यक्ष एवं प्रवक्ता प्रकाश ज्वालाले विज्ञप्ति जारी गर्दै एकीकृत समाजवादीको हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकले विभिन्न पार्टीबीचको एकताको विषयमा गरेको ऐतिहासिक निर्णयबाट अत्तालिएर केपी ओलीले ‘घर फर्क’ भन्ने भ्रम जाल फ्याकेको उल्लेख गरेका हुन् । 

विज्ञप्तिमा एकता प्रक्रियालाई भाड्ने ओलीको यो दुष्प्रयास मात्र भएको उल्लेख गर्दै यसबाट कोही पनि भ्रमित नहुन र सिङ्गो पार्टी पङ्क्तिलाई केन्द्रीय कमिटीको निर्णयको पक्षमा दृढतापूर्वक उभिन आव्हान गरिएको छ ।   

बैठकले पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद रहने, रणनैतिक लक्ष्य वैज्ञानिक समाजवाद हुने, नेपाली विशेषताको समाजवादी कार्यक्रम र कार्यदिशा अँगाल्ने, संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता हुने निर्णय गरेको छ । साथै, जनवादी क्रान्तिका उपलब्धि तथा राष्ट्रिय स्वतन्त्रता संरक्षण गर्दै सुशासन, सामाजिक न्याय, आर्थिक–सामाजिक रूपान्तरण सहित समाजवादतर्फ अघि बढ्ने रणनीति तय भएको छ।

बैठकले नेकपा माओवादी केन्द्र, विप्लव समूहबाट विद्रोह गरेर पुनर्गठन भएको नेकपा, नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी, जनसमाजवादी पार्टी लगायत समावेश हुनेछन्। पार्टीले यसलाई नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने निर्णय गरेको थियो ।

एकीकृत समाजवादीको विज्ञप्ति:

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक पार्टी अध्यक्ष कमरेड माधव कुमार नेपालको अध्यक्षतामा यहि मिति २०८२ कार्तिक १२ देखि १४ गते सम्म काठमाडौंमा सम्पन्न भयो । बैठकले निम्न महत्वपूर्ण निर्णयहरु गरेको छ :-

पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद लेनिनवाद हुने, रणनैतिक लक्ष्य वैज्ञानिक समाजवाद हुने, नेपाली विशेषताको समाजवादी कार्यक्रम र कार्यदिशा अँगाल्ने, सङ्गठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता हुने, जनवादी क्रान्तिका उपलब्धी तथा राष्ट्रिय स्वाधिनताको रक्षा र सुशासन एवम सामाजिक न्याय सहित आर्थिक-सामाजिक रुपान्तरण गर्दै समाजवादतर्फ अघि बढ्ने कार्यनीति लिने सहमतिका साथ हाम्रो पार्टी नेकपा (एकिकृत समाजवादी), नेकपा (माओवादी केन्द्र), विप्लब समूहबाट विद्रोह गरेर पुनर्गठन भएको नेकपा, नेपाल समाजवादी पार्टी, नेकपा ( समाजवादी), जनसमाजवादी लगायतका पार्टीसंग पार्टी एकता गर्ने निर्णय गरेको छ ।

एकतामा धेरै भन्दा धेरै समुहलाई समेटेर लैजाने निर्णय भएको छ । त्यसैले यो एकता नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने एक कोशेढुङ्गा सावित हनेछ । हाम्रो यस ऐतिहासिक निर्णयबाट अत्तालिएर के.पी ओलीले घरफर्क’ भन्ने भ्रम जाल फ्याकेका छन् । हाम्रो विचको एकता प्रक्रियालाई भाड्ने उनको यो उनको दुष्प्रयास मात्र हो । यसबाट कोही पनि भ्रमित नहुन र सिङ्गो पार्टी पङ्क्तिलाई केन्द्रीय कमिटीको निर्णयको पक्षमा दृढतापूर्वक उभिन पार्टी हार्दिक आहान गर्दछ ।

  • Related Posts

    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची

    काठमाडौँ  । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बैठक शुरु हुदैछ ।  आजको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची…

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित (इन्ट्याक्ट) राख्दै शासकीय स्थायित्व र सन्तुलनमा विशेष ध्यान दिन सुझाव दिएका छन् । प्रधानमन्त्री…

    पहिलो

    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    • June 24, 2026
    • 87 views
    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    • June 24, 2026
    • 51 views
    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    • June 24, 2026
    • 79 views
    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    • June 23, 2026
    • 89 views
    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    • June 21, 2026
    • 118 views
    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    • June 21, 2026
    • 103 views
    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-