एक महिनामा साढे ८ अर्ब बढी प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो एक महिनामा ८ अर्ब ५५ करोड ५० लाख रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत भएको छ ।

उद्योग विभागका अनुसार यो महिना ‘अटोमेटिक रुट’ बाट ५ अर्ब ९७ करोड रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको छ । यस महिना कुल ५९ उद्योग दर्ता भएको देखिएको छ ।

अटोमेटिक रुटबाट ३१ उद्योग दर्ता भएको देखिएको छ । साउनसम्मको तथ्यांक अनुसार ५ खर्ब २० अर्ब रुपैयाँ बराबर एफडीआई नेपाल भित्रिएको छ ।

साउनमा दर्ता भएका विदेशी लगानीका उद्योगमध्ये ५७ साना उद्योग छन् । दुई ठूला उद्योगमा लगानी प्रतिबद्धता आएको देखिएको छ । यसरी आएको लगानी प्रतिबद्धतामध्ये ठूलो अंश पर्यटनमा छ । पर्यटनमा कुल ४० उद्योग दर्ता भएको छ । जुन कुल दर्ताको ६० प्रतिशत हो ।

त्यस्तै सेवा क्षेत्र १२, उत्पादन ३, सूचना-प्रविधि २ र कृषिमा २ उद्योग दर्ता भएको देखिएको छ । साउनमा ४९ करोड ९४ लाख रुपैयाँ बराबर रोयल्टी विदेशी लगानीकर्ताले लगेको देखिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा एफडीआई प्रतिबद्धता झन्डै दोब्बरले वृद्धि भएको थियो । उद्योग विभागका अनुसार एक वर्ष अवधिमा ६१ अर्ब ९० करोड ४५ लाख रुपैयाँ बराबर एफडीआई प्रतिबद्धता आएको थियो । अघिल्लो आव २०७९/८० मा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता ३८ अर्ब ४० करोड रुपैयाँ बराबर थियो ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 91 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 118 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 46 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 69 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 50 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 55 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल