एप्पलको बार्षिक कार्यक्रम सेप्टेम्बर ९ मा, नयाँ सिरिजको आइफोन लन्च हुदै

काठमाडौँ । एप्पलले आईफोनको नयाँ स्मार्टफोन सिरिज १७ लन्च गर्ने तयारी गरेको छ । एप्पलले आफ्नो नयाँ आइफोनको सिरिज लन्च गर्ने कार्यक्रमको नाम ‘अवे ड्रपिङ’ राखिएको छ भने सेप्टेम्बर ९ मा लन्च हुने भएको छ ।

नेपाली समय अनुसार यो कार्यक्रम राति १०: ४५ बजेदेखि सुरु हुनेछ । यस पटक एप्पलको यो लन्च कार्यक्रममा आईफोनहरू नयाँ डिजाइनमा देखिने रिपोर्ट बाहिर आएका छन् । यस पटक एप्पलले पातलो आईफोन अर्थात् आईफोन एयर पनि लन्च गर्नेछ।

सेप्टेम्बर ९ मा एप्पल पार्कमा रहेको स्टीव जब्स थिएटरमा आईफोन परिवारमा नयाँ सदस्य प्रवेश गर्न हुने बताइएको छ । यो धेरै पातलो आईफोन हुनेछ र त्यसैले यसलाई एयर नाम दिइएको छ । धेरै एप्पल उत्पादनहरू पहिले नै एयरको ब्रान्डिङको साथ आइसकेका छन् । यो नयाँ र पातलो आईफोनको डिस्प्ले ६.६ इन्चको हुने र एप्पलको आफ्नै सी १ मोडेम पनि प्रयोग गरिने बताइएको छ । यद्यपि, यस मोडेलमा पछाडि एउटा मात्र क्यामेरा उपलब्ध हुने बताइएको छ । यो फोनले आईफोनको प्लस मोडेललाई प्रतिस्थापन गर्ने बताइएको छ । यसको अर्थ यस पटक आईफोन १७, आईफोन १७ प्रो र आईफोन १७ प्रो म्याक्स मात्र देख्न पाउनेछौं । साथै, नयाँ आईफोन १७ एयरले प्लस मोडेललाई प्रतिस्थापन गर्नेछ, जसले एप्पल फ्यानहरूलाई नयाँ र राम्रो विकल्प दिनेछ । हाल आउँदै गरेको प्लस मोडेलले आईफोनको आधार भेरियन्टको तुलनामा ठूलो डिस्प्ले र ठूलो ब्याट्री बाहेक प्रयोगकर्तालाई केहि विशेष प्रदान गरेको थिएन ।

त्यस्तै एप्पलले आईफोन बाहेक, एप्पल वाच सिरिज ११, एप्पल वाच अल्ट्रा ३, र एप्पल वाच एसइ ३ यस कार्यक्रममा लन्च गरिने बताइएको छ । यस बाहेक, एयरपड्स प्रो-३ पनि आउने अपेक्षा गरिएको छ । यस पटक यसमा नयाँ डिजाइन, छिटो चिपसेट र उत्कृष्ट सुविधाहरू हुन सक्छन् । यस बाहेक, यस कार्यक्रममा होमपड मिनी र एप्पल टिभी ४ के पनि लन्च हुने बताइएको छ ।

एप्पलले युट्युबमा आफ्नो आधिकारिक च्यानलमा लाइभ कार्यक्रमको तालिका पनि बनाएको छ ।

  • Related Posts

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    काठमाडौँ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा आएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ भने १२९ जना घाइते भएका छन् । फिलिपिन्सको नागरिक सुरक्षा कार्यालयका अधिकारीहरूका…

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    काठमाडौँ । ईरानले फेरि इजराइलतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । यसपछि इजराइलका विभिन्न क्षेत्रमा फेरि सतर्कता जारी गरिएको छ र नागरिकलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ । प्रारम्भिक जानकारी…

    पहिलो

    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    • June 14, 2026
    • 32 views
    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    • June 14, 2026
    • 63 views
    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-

    • June 14, 2026
    • 48 views
    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 83 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 79 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 131 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-