एयर इन्डियाको विमान दुर्घटनामा मृत्यु भएका परिवारबाट बोइङ र हनीवेलविरुद्ध अमेरिकामा मुद्दा दायर

काठमाडौँ । गत जुनमा दुर्घटनाग्रस्त एयर इन्डियाको विमानमा मृत्यु भएका चार यात्रुका परिवारले विमान निर्माता बोइङ र विमानका पार्टपुर्जा निर्माता हनीवेल विरुद्ध अमेरिकामा मुद्दा दायर गरेका छन् ।

परिवारहरूले कम्पनीहरूको लापरवाहीका कारण दुर्घटना भएको आरोप लगाउदै मुद्धा दायर गरेको बिबिसीले उल्लेख गरेको छ ।

मुद्दामा दोषपूर्ण इन्धन स्विचले दुर्घटना निम्त्याएको र विमानको डिजाइनमा निहित जोखिमहरू थाहा हुँदाहुँदै पनि कम्पनीहरूले केही नगरेको उल्लेख गरिएको छ ।

जुन दुर्घटनामा २६० जनाको मृत्यु भएको थियो । अनुसन्धान प्रतिवेदनमा बोइङ ७८७-८ ड्रीमलाइनरको इन्धन स्विच उडान भरेको केही समयपछि नै असफल भएको थियो ।

प्रारम्भिक निष्कर्षहरूले विमान जमिनबाट निस्केको केही समयपछि इन्जिनमा इन्धन आपूर्ति बन्द भएको खुलासा गरेपछि अनुसन्धानकर्ताहरूले इन्धन स्विचमा ध्यान केन्द्रित गरेका थिए ।

मुद्दामा आरोप लगाइएको ७८७ ड्रीमलाइनर र यसका पार्टपुर्जाहरू विकास र बजारीकरण गर्दा दुवै कम्पनीहरू दुर्घटनाको जोखिमको बारेमा सचेत थिए ।

  • Related Posts

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    काठमाडौँ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा आएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ भने १२९ जना घाइते भएका छन् । फिलिपिन्सको नागरिक सुरक्षा कार्यालयका अधिकारीहरूका…

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    काठमाडौँ । ईरानले फेरि इजराइलतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । यसपछि इजराइलका विभिन्न क्षेत्रमा फेरि सतर्कता जारी गरिएको छ र नागरिकलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ । प्रारम्भिक जानकारी…

    पहिलो

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 73 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 69 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 127 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 141 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 56 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 83 views