एशिया कप सुपर फोर: श्रीलंकामाथि पाकिस्तानको सहज जित

काठमाडौँ । पाकिस्तानले जारी एशिया कपको सुपर फोरमा श्रीलंकालाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा पाकिस्तानले श्रीलंकालाई ५ विकेटले पराजित गरेको हो । श्रीलंकाले दिएको १३४ रनको लक्ष्य पछाएको पाकिस्तानले १८ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । पाकिस्तानको जितमा मोहमद नवाजले ३८ रन, हुसैन हरिसले ३२ र साहिबजादा फरहानले २४ रन बनाएका थिए ।

त्यस्तै श्रीलंकाका वानिन्दु हसरंगा र महीश तिक्क्षनाले २-२ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाउदै १३३ रन बनाएको थियो । श्रीलंकाका लागि कमिन्दु मेन्डिसले ५० रन बनाएका थिए भने चरिथ असलंकाले २० रन बनाएका थिए ।

त्यसैगरी पाकिस्तानका बलर शाहिन शाह अफ्रिदीले ३ विकेट र हरिस राउफ र हुसैन तलातले २-२ विकेट लिएका थिए ।

यो जितपछि पाकिस्तानको सुपर फोरमा २ खेलमा २ अंक भएको छ भने श्रीलंकाले सुपर फोरमा लगातार दोस्रो हार बेहोरेको छ । श्रीलंकाको फाइनलमा पुग्ने सम्भावना सकिएको छ ।

अब एशिया कपको सुपर फोर अन्तर्गत आज बंगलादेश र भारत खेल्दैछन् ।

  • Related Posts

    टी-२० र टेस्ट क्रिकेटमा नयाँ नियम

    काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बोर्ड बैठकले क्रिकेटका विभिन्न ढाँचासँग सम्बन्धित महत्त्वपूर्ण निर्णयहरू अनुमोदन गरेको छ । भारतको अहमदावादमा भएको बैठकमा खेलाडी, प्रशिक्षक तथा खेल अधिकारीसँग सम्बन्धित नियमहरूमा…

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    काठमाडौँ । ब्राजिलका स्टार खेलाडी नेइमार मांसपेशीमा चोट लागेपछि दुईदेखि तीन सातासम्म मैदान बाहिर रहने भएका छन् । उनको स्वास्थ्य परीक्षणपछि चोट पुष्टि भएको हो । चोटका कारण नेइमारले विश्वकपअघि…

    पहिलो

    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    • June 14, 2026
    • 39 views
    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    • June 14, 2026
    • 79 views
    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-

    • June 14, 2026
    • 56 views
    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 87 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 79 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 133 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-