कर्णालीमा आठ पदमा ४४ उम्मेदवारको मनोनयन दर्ता

कर्णाली । कर्णाली प्रदेशका विभिन्न स्थानीय तहमा रिक्त आठ पदमा ४४ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। निर्वाचन आयोग नेपालको कार्यतालिका अनुसार यही मङ्सिर १६ गते रिक्त पदका लागि हुने उपनिर्वाचनमा ४४ जनाले उम्मेदवारी दिएका हुन् ।

कर्णालीमा नलगाड नगरपालिकाका उपप्रमुख, महावु गाउँपालिका दैलेखका अध्यक्ष, सर्केगाड गाउँपालिका उपाध्यक्षका साथै विभिन्न स्थानीय तहमा पाँच वडाध्यक्षको निधन भएपछि रिक्त रहेको पदमा उपनिर्वाचन हुन लागेको हो ।

नगर उपप्रमुखका लागि छ, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदका लागि सात/सात पाँच वडाध्यक्ष पदका लागि २४ जना उम्मेदवारले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएका छन् ।

जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा छ जनाको उम्मेदवारी परेको छ । नेपाली काँग्रेसबाट निर्वाचित नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको विसं २०८० कात्तिक १८ गतेको भूकम्पमा परी निधन भएपछि रिक्त रहेको पदमा नेपाली काँग्रेसबाट इन्द्राचन्द सिंह, नेकपा (एमाले)बाट सुनिता बोहरा, नेकपा (माओवादी केन्द्र)बाट देवका लामिछाने, राप्रपा नेपालबाट सुनिता पुन रावल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पार्वती पुन, नेपाल समाजवादीबाट पवित्रा जैशीले मनोनयन गर्दा गरेका छन् ।

दैलेखको महावु गाउँपालिकाको अध्यक्ष पदका लागि सात जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय गैडाबाज दैलेखका अनुसार नेपाली काँग्रेसबाट झलकबहादुर भण्डारी, माओवादी केन्द्रबाट जङ्गबहादुर बराल मगर, नेकपा (एकीकृत समाजवादी)बाट जगतबहादुर हमाल, एमालेबाट जङ्गबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाशकुमार बुढा, राप्रपाबाट सुर्जे रावत र नेपाल मजदुर किसान पार्टीबाट दुर्गबहादुर मगरले अध्यक्ष पदका लागि मनोनयन दर्ता गरेका छन् ।

त्यसैगरी, दुल्लु नगरपालिका-१३ दैलेखको वडाध्यक्ष पदका नेपाली काँग्रेसबाट रेशमबहादुर शाही, एमालेबाट लालबहादुर शाही, माओवादी केन्द्रबाट ढकेन्द्र शाही, नेमकिपाबाट पूर्णप्रसाद उपाध्याय, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामबहादुर शाही र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रेशम मल्ल गरी छ जनाले उम्मेदवारी दिएका छन् ।

दैलेखको महाबु गाउँपालिका अध्यक्ष निर्वाचित काँग्रेसका लछुमन गुरुङको ७६ वर्षको उमेरमा विसं २०७९ माघ २७ गते निधन भएको थियो । एमालेबाट निर्वाचित दुल्लु नगरपालिका–१३ का वडाका वडाध्यक्ष बिर्खबहादुर शाहीको ६५ वर्षको उमेरमा विसं २०८० माघ २२ गते निधन भएको थियो ।

हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्षका लागि सात जनाको उम्मेदवारी परेको छ । गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सुर्खेतबाट नेपालगञ्ज जाने क्रममा बस दुर्घटना हुँदा विसं.२०८१ भदौ ४ गते मृत्यु भएको थियो । उनी माओवादी केन्द्रबाट गाउँपालिका उपाध्यक्ष निर्वाचित भएका भएका थिए ।

नेपाली काँग्रेसका सविता बुढा, एमालेका जाना शाही, माओवादी केन्द्रबाट देवकी तिमिल्सिना, राप्रपाबाट सङ्गीता शाही र राष्ट्रिय स्वतन्त्र पार्टीबा बाँचा बुढाले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । सो पदका रामसरा खड्का साउद र नरेश शाहीले स्वतन्त्र उम्मेदवारी दिएको जनाइएको छ ।

त्रिपुरासुन्दरी नगरपालिका–५ डोल्पाको रिक्त वडाध्यक्ष पदको उपनिर्वाचनमा चार जनाको उम्मेदवारी दर्ता भएको छ । यहाँ काँग्रेसबाट राजेन्द्रप्रसाद न्यौपाने, एमालेबाट नरबहादुर रोकाय, माओवादी केन्द्रबाट नरबहादुर झाँक्री र एकीकृत समाजवादीबाट ज्योति घर्तीको उम्मेदवारी परेको छ । एमालेबाट निर्वाचित वडाध्यक्ष नन्दलाल रोकाको विसं २०८० माघमा मृत्यु भएको थियो ।

तिलागुफा नगरपालिका–४ कालीकोटको वडाध्यक्ष पदका लागि छ जनाको उम्मेदवारी परेको छ । नेपाली काँग्रेसबाट पैलबहादुर शाही, एमालेबाट ऐनबहादुर शाही, नेमकिपाबाट खड्कराज शाही, माओवादी केन्द्रबाट नौशोभा शाही, राप्रपाबाट गोगनबहादुर शाही र राष्ट्रिय स्वतन्त्र पार्टीबाट गगन बमले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिए। माओवादी केन्द्रबाट वडाध्यक्ष निर्वाचित परबहादुर शाही विसं २०७९ असोज २३ गते राँचुलीमा आएको खोलाको बाढी परी बेपत्ता भएका थिए ।

त्यस्तै, जाजरकोटको कुशे गाउँपालिका–७ जाजरकोट मा हुने वडाध्यक्षको निर्वाचनका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । काँग्रेसबाट खम्बबहादुर सिंह, एमालेबाट डम्मरबहादुर घर्ती, नेकपा माओवादी केन्द्रबाट गोरखबहादुर नेपाली र राप्रपाबाट लालबहादुर खत्रीको उम्मेदवारी दर्ता भएको छ । यहाँ माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष मनबहादुर घर्तीको विसं २०७९ असार ४ गते निधन भएको थियो ।

रुकुमपश्चिम भागमा पर्ने सानीभेरी गाउँपालिका–५ को वडाध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको छ । काँग्रेसबाट निर्वाचित वडाध्यक्ष अलबहादुर खत्रीको विसं २०८० माघ २० गते जण्डिसका कारण निधन भएपछि रिक्त रहेको उक्त पदमा काँग्रेसबाट मोतिराम खत्री, माओवादी केन्द्रबाट जसीराम बस्नेत र एकीकृत समाजवादीबाट हंसराज पुरीले उम्मेदवारी दिएका छन् । वीरबहादुर बस्नेतले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    नेशनल मेडिकल कलेजमा ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (FDT) सफलतापूर्वक सम्पन्न-

    • June 26, 2026
    • 83 views
    नेशनल मेडिकल कलेजमा ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (FDT) सफलतापूर्वक सम्पन्न-

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    • June 25, 2026
    • 84 views
    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा  रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साद्वारा कर्डन यन्ड सर्च अप्रेशन संचालन गरी भारी मात्रामा लागु औषध गाँजा बरामद-

    • June 25, 2026
    • 67 views
    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साद्वारा कर्डन यन्ड सर्च अप्रेशन संचालन गरी भारी मात्रामा लागु औषध गाँजा बरामद-

    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    • June 24, 2026
    • 100 views
    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    • June 24, 2026
    • 62 views
    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    • June 24, 2026
    • 90 views
    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-