कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको जनाएको छ ।

हाल सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमामा साधारणतया बदली रही, बाँकी भू-भागमा आंशिक बदली रहेको जनाएको छ भने बागमती प्रदेशको थोरै स्थानहरु तथा कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मध्यम बर्षा भैरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ भने लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भु-भागका केही स्थानहरूमा र तराई भू-भागका थोरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले आगामी २४ घण्टा गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । त्यस्तै पछिल्लो मौसमी सूचनाको जानकारी लिन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरको छ ।

  • Related Posts

    सरकारले सिफारिस गर्यो थप तीन अध्यादेश

    काठमाडौँ । सरकारले थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सरकारले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’, ‘विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ र…

    रास्वपाले भन्यो- सरकारले कसैलाई घरबार बिहिन बनाउने छैन

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले कसैलाई घरबार बिहिन नबनाउने बताएका छन् । बुधबार रास्वपा संसदीय दलको अनौपचारिक बैठकमा बोल्दै सभापति लामिछानेले  सुकुम्बासी समस्या समाधान…

    पहिलो

    सरकारले सिफारिस गर्यो थप तीन अध्यादेश

    • April 29, 2026
    • 0 views
    सरकारले सिफारिस गर्यो थप तीन अध्यादेश

    रास्वपाले भन्यो- सरकारले कसैलाई घरबार बिहिन बनाउने छैन

    • April 29, 2026
    • 8 views
    रास्वपाले भन्यो- सरकारले कसैलाई घरबार बिहिन बनाउने छैन

    चक्रपथ विस्तारको दोस्रो चरणको सम्झौता: चीनले करिब ११ अर्ब अनुदान दिने

    • April 29, 2026
    • 13 views
    चक्रपथ विस्तारको दोस्रो चरणको सम्झौता: चीनले करिब ११ अर्ब अनुदान दिने

    राइफल बोकेको तस्वीर शेयर गर्दै ट्रम्पले इरानलाई दिए यस्तो चेतावनी

    • April 29, 2026
    • 7 views
    राइफल बोकेको तस्वीर शेयर गर्दै ट्रम्पले इरानलाई दिए यस्तो चेतावनी

    किर्ते गरेको आरोपमा रुपन्देही मालपोतका तत्कालिन प्रमुखसहित ७ जनाविरुद्ध मुद्धा दायर

    • April 29, 2026
    • 9 views
    किर्ते गरेको आरोपमा रुपन्देही मालपोतका तत्कालिन प्रमुखसहित ७ जनाविरुद्ध मुद्धा दायर

    तरुण दलका अध्यक्ष गुरुङले दिए राजीनामा

    • April 29, 2026
    • 10 views
    तरुण दलका अध्यक्ष गुरुङले दिए राजीनामा