काभ्रेका पाँच स्थानीय तहद्वारा पूर्णखोप सुनिश्चित घोषणा

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा हालसम्म पाँच स्थानीयले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका छन् । जन्मदेखि २३ महिनासम्म तथा नियमित खोप तालिकामा छुटेका सम्पूर्ण बालबालिकालाई खोप लगाइसकेपछि ती तहले पूर्ण खोप सुनिश्चितता घोषणा गरेका हुन् । 

 काभ्रेमा छ नगरपालिका र सात गाउँपालिका छन् । हालसम्म तीन नगर र दुई गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका हुन् । शुक्रबार भुम्लु गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी अध्यक्ष प्रेमबहादुर भुजेल, जिल्ला समन्वय समिति उपप्रमुख रिमबहादुर तामाङ, गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङ, जनस्वास्थ्य कार्यालय प्रमुख रागीश्री कक्षपती श्रेष्ठलगायत सरोकारवालाको उपस्थितिमा घोषणा गरिएको हो । गाउँपालिकाभित्रका जन्मदेखि २३ महिनासम्म करिब चार सय बालबालिकालाई पूर्ण खोप प्रदान गरिएको स्वास्थ्य शाखा संयोजक सुदर्शन भट्टराईले जानकारी दिए ।  

यस्तै पनौती नगरलाई साउन पहिलोसाता पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा गरिएको थियो । नगरलाई १६ महिनादेखि ५९ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप दिलाई पूर्णखोप दिलाएको सुनिश्चितता प्रमाणपत्रसमेत प्रदान गरिएको थियो । राष्ट्रिय पूर्णखोप निर्देशिका बमोजिम सम्पूर्ण प्रक्रिया पुरा गरेको पनौती नगरलाई जिल्ला खोप समन्वय समितिले प्रमाणपत्र प्रदान गरेको हो । 

काभ्रेको पनौतीसहित पाँच स्थानीय तहले आफ्नो पालिका पूर्णखाप सुनिश्चित घोषणा गरेका हुन् । यसअघि धुलिखेल नगर, नमोबुद्ध नगर  र रोशी गाउँपालिकाले पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा गरेका हुन् । जिल्लाका अन्य बाँकी आठ स्थानीय तह घोषणाको तयारीमा जुटिरहेको जनाइएको छ । 

गत असार दोस्रो साता धुलिखेल नगरलाई जिल्लामा पहिलो ‘पूर्णखोप सुनिश्चितता दिगोपना’ नगर घोषणा गरिएको थियो । बर्षेनी पूर्णखोप सुनिश्चितता नगर घोषणा गर्दै आएको धुलिखेल पहिलो स्वस्थ नगर घोषणा तयारीमा रहेको जनाइएको छ । 

“धुलिखेल नगर नेपालकै पहिलो स्वस्थ नगर घोषणाको तयारीमा छौँ”, नगरप्रमुख अशोक ब्याञ्जुले भने । उनले स्थानीय नागरिकको घरपरिवार सर्वेक्षणमार्फत सबै खालका रोग, समस्या तथा स्वास्थ्य सेवाको आवश्यकताबारे जानकारी लिदै स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउने गरी अशक्त, अपाङ्गता भएका, गरिब, दलित, सीमान्तकृत तथा जेष्ठ नागरिकहरूका हकमा विशेष व्यवस्था गरिएको बताए ।  

धुलिखेलले पहिलोपटक विसं २०६४ मै पूर्णखोप सुनिश्चित भएको नगर घोषणा गरेको थियो । हाल १५ महिना देखि २ वर्षसम्मका सम्पूर्ण बालबालिकालाई पूर्णखोप लगाएको वडास्तरबाट घोषणा हुँदै नगरलाई पूर्णखोप सुनिश्चितता भएको हो । सात प्रदेशमध्ये पूर्णखोप सुनिश्चित घोषणा गर्न बाँकी बाग्मती प्रदेशभित्रको जिल्लास्थित स्थानीय तहहरूमा घोषणाको तयारी भइरहेको जनाइएको छ । नेपालमा सन् २०१२ बाट पूर्णखोप सुनिश्चितताको सुरुआत भएको थियो ।

  • Related Posts

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ जेठ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बुधबार बिहान करिब ०७:०० बजेको समयमा पर्सा जिल्लाको बिन्दबासिनी…

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, २५ जेठ । नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 76 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 113 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 44 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 67 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 48 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 51 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल