कालीगण्डकी करिडोरको पहिरोले यात्रीलाई सास्ती

बागलुङ । सडकको ट्रयाक बगाएपछि राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड पटक पटक अवरुद्ध हुँदा यात्रीलाई समस्या भएको छ । 

उक्त खण्डको दब्ल्याङमा पहिरो जाँदा दुई महिनायता करिडोरका यात्रीलाई गन्तव्यसम्म पुग्न सास्ती हुँदै आएको हो । पटक पटक अवरुद्ध हुँदै आएको करिडोरको बागलुङ खण्ड पाँच दिनदेखि पुनः ठप्प भएको छ ।

लगातारको वर्षाका कारण बागलुङ नगरपालिका–१० दब्ल्याङमा करिडोरअन्तर्गत ट्र्याक बगाउँदा पाँच दिनदेखि सवारीसाधन गुड्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त खण्डसँगै बलेवा कुश्मिसेरा जाने शाखा सडकसमेत अवरुद्ध हुँदा पाँच दिनदेखि बागलुङको दक्षिण भेग सडक सम्पर्कसँग टुटेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।

यही भदौ २ गते रातिको पहिरोले सडकमा थप क्षति पुर्‍याएकामा ३ गते सडक सञ्चालनमा ल्याउने प्रयास असफल भएपछि उक्त खण्ड अहिलेसम्म पूर्ण रूपमा ठप्प भएको उनले बताए। दब्ल्याङमा सडकको ट्र्याक करिब ४० मिटर बगाएको छ । उक्त पहिरोमा माटो पुरेर सडक खुलाइए पनि पानी पर्दा सडक अवरुद्ध हुने भएकाले दीर्घकालीन समाधानका उपाय अवलम्बन गर्नुपर्नेमा प्रहरी नायब उपरीक्षक यादवले जोड दिए ।

दब्ल्याङको पहिरोका कारण करिडोर र जैमिनी नगरपालिका आउने दुवै खण्ड बन्द भएपछि यहाँका स्थानीय झोलुङ्गे पुल तरेर कुश्मा हुँदै बागलुङ आउन बाध्य भएका बलेवा निवासी कृष्ण लामिछानेले बताउनुभयो । “करिडोरका कारण गन्तव्यको टुङ्गो हुँदैन, कुश्मा पुगेर झोलुङ्गे पुल तरेपछि दुई घण्टा हिँडेर घर पुगिन्छ”, उनले भने, “बिरामी हुँदासमेत समयमा अस्पताल पु¥याउन बागलुङको दक्षिण भेगका स्थानीयलाई सास्ती भएको छ ।” 

सडकको विकल्पमा पक्की पुल बनाउन यस वर्ष गण्डकी प्रदेशले ठेक्का लगाउने तयारी गरेको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताउनुभयो । उहाँका अनुसार करिडोरको दब्ल्याङमा गत असार २६ गतेदेखि लगातार लेदो बगिरहेको छ । लेदो पन्छाएर सडक खुलाए पनि पानी पर्दासाथ सडक अवरुद्ध हुँदै आएको उनले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा पछिल्लो पाँच दिनदेखि बागलुङको दक्षिण भेग जोड्ने बलेवा, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाको जिल्ला सदरमुकामसँगको सडक सञ्जाल टुटेको छ । दब्ल्याङको पहाड गहिरिएर पहिरो गएकाले बलेवा, भकुन्डे, कुश्मिसेरा र बरेङ जाने सवारीसाधन अलपत्र पर्दै आएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

  • Related Posts

    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    काठमाडौं । चालु आर्थिक वर्षको ९ महिना साउनदेखि चैतसम्म सम्ममा निर्यात व्यापार २ खर्ब २२ अर्ब बराबरको भएको छ ।  भन्सार विभागले सार्बजनिक गरेको रिपोर्टका अनुसार अघिल्लो आवको सोही अवधिमा…

    इराकबाहेक सबै देशका लागि खुला भयो श्रम स्वीकृति

    काठमाडौं । सरकारले इराकबाहेक अन्य देशका लागि श्रम स्वीकृति खुला गरेको छ । वैदेशिक रोजगार विभागले साउदी अरेविया, युएई, कतार,  कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनन, टर्की र इजरायल…

    पहिलो

    पर्सा मा गाँजा सहित ४ जना भारतीय पक्राउ-

    • April 21, 2026
    • 99 views
    पर्सा मा गाँजा सहित ४ जना भारतीय पक्राउ-

    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    • April 21, 2026
    • 25 views
    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    वार्ताको चर्चाका बीच इरानको युद्धक्षेत्रमा नयाँ रणनीति

    • April 21, 2026
    • 25 views

    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    • April 21, 2026
    • 25 views
    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    इराकबाहेक सबै देशका लागि खुला भयो श्रम स्वीकृति

    • April 21, 2026
    • 23 views
    इराकबाहेक सबै देशका लागि खुला भयो श्रम स्वीकृति

    २०८३ बैशाख ८ गते मंगलबार: आजको राशिफल

    • April 21, 2026
    • 24 views
    २०८३ बैशाख ८ गते मंगलबार: आजको राशिफल