किसानलाई अनुदानमा हातेट्रयाक्टर

दमौली (तनहुँ), १७ साउनः गाउँघरमा गोरु पाल्ने प्रचलन हराउँदै गएपछि र कृषिमा यान्त्रिकीकरण गर्ने उद्देश्यले घिरिङ गाउँपालिकाले किसानलाई अनुदानमा हातेट्रयाक्टर वितरण गरेको छ । गाउँपालिकाले किसानलाई पचास प्रतिशत अनुदानमा हातेट्रयाक्टर वितरण गरेको हो ।

कृषियन्त्र तथा औजार वितरणमा पचास प्रतिशत अनुदान कार्यक्रमअन्तर्गत रु १९ लाख ६८ हजार बजेटमा ३२ वटा हातेट्रयाक्टर खरिद गरिएको थियो । गाउँपालिकाका कृषि शाखा प्रमुख रवि रामदामका अनुसार प्रतिट्रयाक्टरको मूल्य रु ६१ हजार पाँच सय रहेकामा गाउँपालिकाले पचास प्रतिशत अनुदान व्यहोर्नेगरी छनोट भएका किसानलाई उनीहरूबाट रु ३० हजार सात सय पचास लिएर प्रदान गरेको हो ।

गाउँपालिकाले सबैलाई समान ढङ्गले अनुदान दिएकाले उत्पादनका आधारमा किसानलाई सम्मान गरिने प्रमुख रवि रामदामले भन्नुभयो, “कृषिमा आधुनिकीकरण जरुरी छ । हातेट्रयाक्टरले लागत घटाउनुका साथै समय पनि बचत हुन्छ ।”
–––

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 85 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 118 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 46 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 69 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 50 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 55 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल