कृषि र पर्यटन प्रवर्द्धन गर्न गैँडाकोटमा महोत्सव

नवलपरासी । ‘आर्थिक विकासको मूल आधार: कृषि, पर्यटन, उद्योग र व्यापार’ नाराका साथ कृषि र पर्यटन प्रवर्द्धन गर्न नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गण्डकी प्रदेशस्तरीय महोत्सव हुने भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश समितिको आयोजनामा नारायणी नदी किनारमा महोत्सव हुने समितिका अध्यक्ष अमृत भट्टचनले बताए ।

कात्तिक २३ देखि मङ्सिर १० गतेसम्म सञ्चालन हुने महोत्सवबाट कृषि उत्पादनसहित पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष भट्टचनले बताए । महोत्सवले आर्थिक गतिविधि चलायमान बनाउन र नयाँ सम्भावनाको खोजी गर्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।

महोत्सवमा कृषि उत्पादनको प्रोत्साहनका लागि कृषि क्षेत्र तथा स्थानीय उत्पादनको बजारीकरणका लागि ५० वटासम्म स्टल निःशुल्क उपलब्ध गराइने छ । महोत्सवमा हस्तकला, कृषि, अटोमोबाइल्स, सूचना तथा प्रविधि, औद्योगिक उत्पादन, दैनिक उपभोग्य वस्तु, लत्ताकपडालगायत तीन सय वटा प्रदर्शन एवं बिक्री कक्ष रहनेछन् ।

गण्डकी प्रदेशस्तरीय महोत्सवले नवलपुरमा गण्डकी प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा घोषणा गरेको लोकाहा औद्योगिक क्षेत्र, शुक्लागण्डकी नगरपालिका, पोखरा महानगरपालिकामा निर्माणाधीन औद्योगिक ग्राम एवं धौबादी फलाम खानी निर्माणमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको अध्यक्ष भट्टचनले बताए ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 41 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 60 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 119 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 136 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 53 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 80 views