लामखुट्टेमा हात्तीपाइलेको सङ्क्रमण पत्ता लगाउन अनुसन्धान

कञ्चनपुर । लामखुट्टेमा हात्तीपाइलेको सङ्क्रमण पत्ता लगाउनका लागि अनुसन्धानको कार्य अगाडि बढाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आर्थिक सहयोगमा अनुसन्धानको कार्य भइरहेको छ ।

सुदूरपश्चिम प्रदेशको कैलाली र लुम्बिनी प्रदेशको बाँकेमा हात्तीपाइले रोग सार्ने क्युलेक्स लामखुट्टे संकलनको कार्य पूरा भई प्रयोगशालामा परीक्षणको कार्य भइरहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले बताए । कैलालीमा १० र बाँकेमा १० गरी २० जनाको प्राविधिक टोलीले ६० वडाबाट क्युलेक्स क्विनकिफेसिएटस नामक हात्तीपाइले सार्ने १८ हजार नौ सय ६९ लामखुट्टे संकलनको कार्य गरेको अधिकृत जोशीले बताए । उनका अनुसार कैलालीमा ‘लाइट ट्रयाप’को माध्यमबाट तीन हजार ९७ र ‘माउथ एस्पिरेटर’को माध्यमबाट छ हजार सात सय नौ लामखुट्टे सङकलन भएका छन् ।

यसैगरी, बाँकेबाट लाइट ट्रयापको माध्यमबाट एक हजार ६ सय ९९ र माउथ एस्पिरेटरको माध्यमबाट सात हजार चार सय ६४ लामखुट्टे संकलन भएका छन् । गत भदौ ४ देखि असोज १० गतेसम्म प्राविधिक टोलीले लामखुट्टे संकलनको कार्य गरेका हुन् । “लामखुट्टे संकलनको कार्य पूरा भई प्रयोगशालामा पिसिआर प्रविधिबाट परीक्षण भइरहेको छ”, उनले भने “परीक्षणको नतिजाका आधारमा हात्तीपाइले निवारणका लागि आगामी योजना तयार गरिनेछ, लामखुट्टेको सङ्क्रमण दर पनि पत्ता लाग्छ ।” मानिसमा मात्र सङ्क्रमण कम भएर रोग निवारणको लक्ष्य हासिल नहुने भएकाले रोग प्रभावित जिल्लामा रोग सार्ने लामखुट्टेमा सङ्क्रमण शून्य दशमलव शून्य २५ प्रतिशतभन्दा कम हुनुपर्ने उनको भनाइ रहेको छ ।

हात्तीपाइले निवारणका लागि मानिसमा सङ्क्रमण दर एन्टिजेनमा एक प्रतिशतभन्दा कम र माइक्रोफाइलेरियामा दुई प्रतिशतभन्दा कम हुनुपर्छ । इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत तथा हात्तीपाइले कार्यक्रमका स्रोत व्यक्ति रामकुमार महतोका अनुसार लामखुट्टेमा सङ्क्रमण दर पत्ता लगाउन मोलिक्युलर झेनोममोनिटरिङ सर्भे र मानिसमा सङ्क्रमण दर पत्ता लगाउनका लागि आइडिए इम्प्याक्ट सर्भे गरिन्छ । त्यसअन्तर्गत आइभर्मेक्टिन डाइइथाइल कार्बामाइजिन साइट्रेट र अल्बेन्डाजोल नामक तीन औषधि खुवाई सकेपछि प्रभावका आधारमा अध्ययनको कार्य गरिन्छ ।

सन् २०३० सम्ममा नेपालबाट हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिइएको छ । हात्तीपाइले रोगबाट नेपालको ६४ जिल्ला प्रभावित रहेका छन् । प्रभावित जिल्लामा बसोबास गर्ने सबै मानिसलाई वर्षमा एक चोटि आम औषधि अभियान सञ्चालन गरेर सबै मानिसलाई औषधि खुवाउने गरी सन् २००३ देखि कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

आम औषधि सेवन अभियान कार्यक्रम प्रभावित जिल्लामा कम्तीमा छ वर्षसम्म सञ्चालन गर्नुपर्ने विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको महतोको भनाइ छ । विश्व स्वास्थ्य संगठनले नै सिफारिस गरेको औषधि सेवन गरेर हात्तीपाइले रोग निवारणको लक्ष्य पूरा हुने बताइएको छ ।

आम औषधि सेवन अभियान सम्पन्न भइसकेका जिल्लामा सङ्क्रमण दर घटेको छ कि छैन भन्ने कुराको जानकारी हासिल गर्न सर्भेक्षणको कार्य हुन्छ । सर्भेक्षणका क्रममा छदेखि सात वर्ष उमेर समूहका बालबालिकामा हात्तीपाइले रोगको एन्टिजेन दुई प्रतिशतभन्दा कम हुनुपर्ने र २० वर्षमाथिका मानिसमा हात्तीपाइले रोगको माइक्रो फाइलेरियाको सङ्क्रमण एक प्रतिशतभन्दा कम हुनुपर्छ ।

एन्टिजेन जाँचमा दुई प्रतिशतभन्दा कम र माइक्रोफाइलेरियाको सङ्क्रमण एक प्रतिशतभन्दा कम भएमा मात्र हात्तीपाइले रोग निवारणको लक्ष्य हासिल भएको मानिन्छ । लामखुट्टेमा हात्तीपाइलेको सङ्क्रमण दर पत्ता लगाउन कैलाली र बाँकेमा देशमै पहिलो पटक अध्ययन-अनुसन्धानको कार्य भइरहेको छ ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 45 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 60 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 119 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 136 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 53 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 80 views