कोशी प्रदेशमा १४ जनाको मृत्यु, आठ बेपत्ता

विराटनगर । हिजो साँझसम्म कोशी प्रदेशमा परेको अविरल वर्षाका कारण धेरै जनधनको क्षति भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्राप्त जानकारी अनुसार असोज ११ गतेदेखि १३ गतेसम्म परेको अविरल वर्षाले प्रदेशमा १४ को मृत्यु, १३ घाइते, आठ जना बेपत्ता भएका छन् । यस्तै चौपायातर्फ ६४ मरेका, एक घाइते र पंक्षीतर्फ एक हजार २०६ मरेका छन् । भौतिक संरचनातर्फ १९ पक्की घरमा पूर्ण, ५८ मा आंशिक क्षति र अन्य घरतर्फ ३९ मा पूर्ण, ३३ आंशिक तथा १३ गोठ, छ सरकारी कार्यालय, चार सवारी साधन, १३ वटा पुल तथा कल्भर्टमा क्षति हुनुका साथै पाँच सय ४२ घरधुरी प्रभावित भएका कोशी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी भीमबहादुर दाहालले जानकारी दिए।

मृत्यु हुनेमध्ये इलामका एक जनालाई खोलाले बगाएर र अन्य सबैको पहिरोमा परेर मृत्यु भएको सूचना अधिकारी दाहालले बताए। उनका अनुसार बेपत्तामध्ये पहिरोले चार र खोलाले चार जनालाई बगाएको हो । बाढीपहिरोले गर्दा सोही अवधिमा चार सय नौ परिवारका एक हजार ६५० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ भने यहाँ उच्च जोखिममा रहेका घर तथा कार्यालयको सङ्ख्या एक हजार ९२ रहेको र ५९ वटा बाटो अवरुद्ध रहेको सूचना अधिकारी दाहालले जानकारी दिए।

अविरल वर्षाले इलाममा एक, पाँचथरमा पाँच, उदयपुरमा एक र सोलुखुम्बुमा पाँच गरी १४ जनाको मृत्यु भएको छ । यस्तै, घाइते हुनेमा झापामा दुई, पाँचथरमा पाँच, धनकुटामा दुई, तेह्रथुममा एक, खोटाङमा एक गरी १३ जना रहेका छन् । झापाका दुई, पाँचथरका पाँच, मोरङका एक जना बेपत्ता भएका जनाइएको छ ।

यस्तै, सबैभन्दा बढी झापामा तीन सय चार, मोरङमा एक सय २०, सुनसरीमा ४९, धनकुटामा २३, तेह्रथुममा ११ र उदयपुरमा २१ घर प्रभावित भएका छन् । झापामा पाँच सय २३, मोरङमा चार सय ८७, सुनसरीमा तीन सय ५८ र खोटाङमा एक सय १९ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

बाढीपहिरो र डुबानमा परेका नागरिकलाई थप क्षति हुन नदिन प्रदेशभरिमा एक हजार ९२ सुरक्षाकर्मी परिचालन गरिएको थियो । यसक्रममा सुनसरीको बराहक्षेत्र नगरपालिका-६ र ९ मा बाढीमा फसेका ३४ जनाको उद्धार गरिएको थियो । प्रदेशमा भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको सूचना अधिकारी दाहालले बताए।

  • Related Posts

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भाग…

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काठमाडौँ । नेपाली काँग्रेसले  गौरीबहादुर कार्की आयोगको प्रतिवेदन र २०८२ भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन तथा दोषीलाई कारबाही गर्ने बारे आफ्नो धारणा सार्बजनिक गरेको छ ।  बुधबार…

    पहिलो

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 5 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 16 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    २०८३ बैशाख ४ गते शुक्रबार: आजको राशिफल

    • April 17, 2026
    • 22 views
    २०८३ बैशाख ४ गते शुक्रबार: आजको राशिफल

    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

    • April 16, 2026
    • 33 views
    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार

    • April 16, 2026
    • 26 views
    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार