सशस्त्र प्रहरी बल पर्साद्वारा विपद्वमा परेकालाई उद्वार-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १३ असोज । बिरगंज महानगरपालिका अन्तर्गत पर्ने सिर्सिया नदीमा शनिबार राति आएको बाढीको पानीले बिरगंजको वडा नं. १२ र १६ मा पसेको छ । १ सय ५० जना भन्दा बढी ब्यक्तिलाइ आफन्तकोमा, छिमेकीका घरमा, धर्मशाला र बिद्यालयमा राखिएको छ । राती १:३० बजेसम्म नदीको सतह झन बढेको र उद्दार कार्य जारी रहेको कुरा जिल्ला प्रशासन कार्यालय, पर्सा का प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसाल ले बताएका छन् ।

यसै गरी अबिरल वर्षातको कारण शनिबार राति बिरगंज महानगरपालिका वडा नं. ११, श्रीपुर स्थित राधेमाई तथा नयाँ गाउँ ईलाकामा सिर्सिया खोलाको पानिको बहाब बढ्न गई घरहरुमा पानि पसि अन्दाजी ३ फिट जति जम्मा भएको हुँदा उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं. १३, गण मुख्यालय, पर्सा बाट सशस्त्र प्रहरी निरीक्षक कपिलराज गिरीको कमाण्डमा आवश्यक बिपद सामग्रिहरु सहित उद्वार टोलि खटिई गई केहि घरहरुबाट सामान सुरक्षित स्थानमा स्थानान्तरण गरेको र सिर्सिया खोलाको आसपासको ईलाकामा बसोबास गर्ने स्थानियहरुलाई सुरक्षित साथ रहनका लागि जनचेतना मुलक सुचना सन्देश प्रवाह गर्न माईकिङ्ग गरेको कुरा सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंह ले बताएका छन् ।

  • Related Posts

    २०८३ बैशाख ४ गते शुक्रबार: आजको राशिफल

    आजको राशिफल बिस २०८३ बैशाख ४ गते शुक्रबार ईस २०२६ अप्रिल १७ नेपाल सम्बत ११४६ चौलागा आमै, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, बैशाख कृष्ण पक्ष औंसी, चन्द्रमा मीन…

    संयुक्त राष्ट्र संघको सत्रमा सार्क पत्रकार मञ्चका अध्यक्ष लामाले CEPA का उपाध्यक्ष रोल्फ अल्टरलाई भेंटे-

    न्यूयोर्क, ०३ वैशाख । सार्क पत्रकार मञ्च (SJF) का अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामाले न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा जारी २५ औं CEPA सत्रको क्रममा संयुक्त राष्ट्र संघीय सार्वजनिक प्रशासन विशेषज्ञ…

    पहिलो

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 1 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 11 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    २०८३ बैशाख ४ गते शुक्रबार: आजको राशिफल

    • April 17, 2026
    • 19 views
    २०८३ बैशाख ४ गते शुक्रबार: आजको राशिफल

    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

    • April 16, 2026
    • 33 views
    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार

    • April 16, 2026
    • 26 views
    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार

    बिबिसीले दुई हजार कर्मचारी हटाउदै

    • April 16, 2026
    • 27 views
    बिबिसीले दुई हजार कर्मचारी हटाउदै