खारेज भएको भूमि आयोगका काम र सम्पत्ति कार्तिक मसान्तसम्म नापी विभागमा बुझाउन निर्देशन

काठमाडौँ । सरकारले तत्कालीन भूमि आयोग र जिल्ला समितिले सम्पादन गरेका कामसहित संकलन गरेका विवरण र भौतिक सम्पत्ति आगामी कात्तिक मसान्तभित्र नापी विभाग र सम्बन्धित नापी कार्यालयमा बुझाउन निर्देशन दिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विज्ञप्ति जारी गर्दै केन्द्रको हकमा आयोगका सदस्य–सचिवले नापी विभागमा र जिल्ला समितिको हकमा सम्बन्धित सदस्य–सचिवले जिल्लाका नापी कार्यालयमा बुझाउन निर्देशन दिएको छ ।

मन्त्रालयले भनेको छ- ‘आयोगबाट हालसम्म सम्पादन भएका काम–कारबाही, सङ्कलित विवरण, निर्णय मिसिल, तथ्यांक फाराम/कागजात तथा सवारी साधनलगायतका भौतिक सम्पत्तिहरू केन्द्रको हकमा आयोगका सदस्य–सचिवले नापी विभागमा र जिल्ला समितिको हकमा सम्बन्धित सदस्य–सचिवले जिल्लाका नापी कार्यालयमा २०८२ कात्तिक मसान्तभित्र बुझाउने ।’

त्यस्तै आयोगको केन्द्र तथा जिल्ला समितिमा कार्यकर्त काजमा खटिएका वा करारमा रहेका कर्मचारीहरुलाई श्रेस्ता र अभिलेखहरु हस्तान्तरण गर्ने प्रयोजनका लागि कार्तिक १५ गतेसम्म काममा लगाउन निर्देशन दिएको छ ।

साथै मन्त्रालयले आयोगबाट जग्गा धनि प्रमाण पुर्जा प्राप्त गरेका व्यक्तिहरुले आयोग खारेज भएको मितिले ६० दिन भित्र सम्बन्धि भुमि सुधार तथा मालपोत कार्यालयमा पेश गरि अध्यावधिक गराउन समेत निर्देशन दिएको छ ।

असोज २३ मा बसेको अन्तरिम सरकारको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश, २०८१ र उक्त आदेश बमोजिम गठन भएको भूमि समस्या समाधान आयोग तथा जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको थियो ।

  • Bishnu Timalsina

    Related Posts

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ जेठ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बुधबार बिहान करिब ०७:०० बजेको समयमा पर्सा जिल्लाको बिन्दबासिनी…

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, २५ जेठ । नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 69 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 109 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 41 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 65 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 46 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 48 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल