खोटाङ प्रहरीको सक्रियता, धमाधम फरार प्रतिवादी पक्राउ पर्दै

खोटाङ, ५ साउन : जिल्ला प्रहरी कार्यालयले फरार प्रतिवादी पक्राउ, अपराध नियन्त्रण तथा लागूऔषध ओसारपसार नियन्त्रणमा सक्रियता बढाएको छ । कार्यालयले गत आर्थिक वर्षमा जिल्ला अदालत खोटाङले दोषी ठहर गरेका एक सय २४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।

विसं २०८० साउन १ गतेदेखि गत असार ३१ गतेसम्मा जिल्ला अदालतले दोषी ठहर गरेका फरार प्रतिवादीलाई पक्राउ गरी निजहरुबाट ११३ वर्ष ११ महिना सात दिन कैद, रु आठ लाख २३ हजार चार सय ६१ जरिवाना र रु दुई लाख ३२ हजार सात सय ८६ क्षतिपूर्ति असुल गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभयो ।

पक्राउ परेकामध्ये महिना दिनदेखि १४ वर्षसम्म कैद भुक्तान गर्न बाँकी प्रतिवादी थिए । “गत वर्ष अदालतले दुई सय १२ जना फरार प्रतिवादीको सूची उपलब्ध गराएको थियो । त्यसमध्ये एक सय २४ जना पक्राउ गर्न सफल भएका छौँ”, उहाँले भन्नुभयो, “अदालतले उपलब्ध गराएको विवरण अनुसार अझै ८८ फरार भएको देखिन्छ । यसमा कतिपयले पुनरावेदन गरिरहेका छन् । अन्यको अवस्थाका बारेमा खोजी भइरहेको छ ।”

फरार प्रतिवादी पक्राउ पर्नेमा सबैभन्दा बढी जघन्य प्रकृतिका मुद्दामा अदालतबाट दोषी ठहर भएका रहेका प्रहरीले जनाएको छ । आव २०७८/७९ मा तीन र आव २०७९/८० मा छजना फरार प्रतिवादी पक्राउ परेका प्रमुख प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो । प्रहरी कार्यालयमा एक वर्षमा दुई सय १५ घटना दर्ता भएका छन् । गत आवको विवरण अनुसार सबैभन्दा बढी झुण्डीएर आत्महत्या गरेका ३८ घटना दर्ता भएका उहाँले जानकारी दिनुभयो ।

गत वर्षको तुलनामा यसवर्ष आत्महत्या गर्नेको सङ्ख्या कम भएको देखिएको छ । आव २०७८/७९ मा ६२ र आव २०७९/८० मा ५२ जनाले आत्महत्या गरेका प्रहरीको तथ्याङ्कमा उल्लेख छ । प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार यसवर्ष जिल्लामा जबरर्जस्ती करणीका घटना दर्तामा वृद्धि भएको देखिएको छ । गत अवमा २७ वटा जबरर्जस्ती करणीका घटना दर्ता भएका प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिनुभयो ।

आव २०७८/७९ मा १३ र आव २०७९/८० मा १५ वटा घटना दर्ता भएका थिए । पछिल्लो एक वर्षको अवधिमा जबरर्जस्ती करणीका घटना झण्डै दोब्बरले वृद्धि भएको देखिन्छ ।

सामाजिक सञ्जालको दूरुपयोग, पारिवारिक बेवास्ता, लागुऔषध प्रयोगलगायत कारण जिल्लामा जबरर्जस्ती करणीका घटना वृद्धि भएको महिला अधिकारकर्मीले बताएका छन् । जिल्लामा हुनसक्ने जबरर्जस्ती करणीका घटना न्यूनीकरण गर्न महिला आफैँ सचेत हुनुपर्ने जिल्लास्थित महिला मानव अधिकार रक्षक सञ्जाल अध्यक्ष पूर्णमाया तामाङले बताउनुभयो ।

जिल्लामा जबरर्जस्ती करणीका घटना वृद्धि नभई पीडितहरुको न्यायमा पहुँच विस्तार भएको प्रनाउ खड्काले प्रतिक्रिया दिनुभयो । “यसअघि जबरर्जस्ती करणीजस्ता जघन्य किसिमका घटना गाउँमा मिलापत्र गराउने गरिएको रहेछ । हामीले गाउँ–गाउँमा सचेतना अभियान सञ्चालन गरेपछि कानुनको सहायता लिनेको सङ्ख्या बढेको हो”, उहाँले भन्नुभयो, “सम्बन्धित निकाय जाँदा पीडकलाई कानुनी कारबाही हुन्छ भन्ने विश्वास पीडितमा बढेको छ ।”

प्रहरीमा दर्ता भएका २७ घटनामध्ये २४ मा संलग्नलाई प्रक्राउ गरी कानुनी दायरमा ल्याइएको प्रहरीले जनाएको छ । तीनवटा घटना अनुसन्धानका क्रममा रहेको भन्दै चाँडै आरोपितलाई पक्राउ गरिने प्रनाउ खड्काले बताउनुभयो ।

जबरर्जस्ती करणी उद्योगमा यसवर्ष सातवटा घटना दर्ता भएको प्रहरीको तथ्याङ्कमा देखिएको छ । घटनामा संलग्न सबैजनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको प्रहरीले जनाएको छ । बालयौन दुरुपयोगमा यस वर्ष तीन घटना दर्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालयले जिल्लामा पहिलो पटक बैंङ्किङ कसुरसम्बन्धी १७ वटा घटना दर्ता गरी कारबाही गरेको छ । विभिन्न माध्यमबाट ठगी गर्ने १५ जनाविरुद्ध मुद्दा दर्ता गरेर कारबाही गरिएको प्रहरीले जनाएको छ ।

कर्तव्य ज्यान चार, कर्तव्य ज्यानसम्बन्धी लापरबाही एक, विष सेवन तीन, हामफालेर आत्महत्या एक, बेवारिसे ज्यान एक, हातहतियार तथा खरखजना तीन, विद्युतीय अपराध तीन, ज्यान मार्ने उद्योगका आठवटा घटना दर्ता भएका प्रनाउ खड्काले जानकारी दिनुभयो । सरकारी दस्तखत कीर्ते सात, लिखतसम्बन्धी कीर्ते तीन, लागुऔषध दुई, चोरी छ, पशुपक्षीसम्बन्धी कसुर दुई, अभद्र व्यवहार २१, सवारी ज्यान चार, परीक्षा मर्यादा भङ्ग दुई र आगजनीसम्बन्धी एउटा घटना दर्ता भएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय प्रहरीले अपराध नियन्त्रण गर्न र समाजमा कानुनी ज्ञान प्रदान गर्न सक्रिय रुपमा अभियान सञ्चालन गरेसँगै नागरिकमा चेतनाको स्तार वृद्धि भएको प्रनाउ खड्काले बताउनुभयो ।

  • Related Posts

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    काठमाडौँ । पीएम कपको फाइनलमा सुदूरपश्चिम प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १६२ रनको लक्ष्य दिएको छ । पर्सामा जारी फाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा अल…

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    काठमाडौँ । इन्डोनेसियाको कालिमन्तन प्रान्तमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । अधिकारीहरूका अनुसार हेलिकोप्टर बिहीबार बिहान प्लान्टेशन क्षेत्रबाट उडेको केही ५…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 25 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 25 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 26 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 14 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 28 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि