गत आवमा वीरगञ्ज भन्सारबाट दुई हजारभन्दा बढी सवारी आयात

वीरगञ्ज, (पर्सा) १७ साउनः गत आर्थिक वर्षमा वीरगञ्ज भन्सार कार्यालय विद्युतीय सवारी साधनभन्दाको तुलनामा इन्धनबाट चल्ने धेरै सवारीसाधन आयात हुने भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवमा नाका हुँदै एक हजार चार सय ३५ वटा इन्धनबाट चल्ने जीप, कार र भ्यानहरु आयात भएकामा सोही अवधिमा यो नाका हुँदै पाँच सय ११ वटा विद्युतीय सवारी आयात भएको देखिएको छ ।

वीरगञ्ज भन्सार कार्यालय हुँदै गत आवमा रु दुई अर्ब १९ करोड ८९ लाख ९९ हजार बराबरका इनधनबाट चल्ने एक हजार चार सय ३५ वटा जीप, कार र भ्यान आयात भएका छन् । ती सवारीसाधन आयात हुँदा भन्सार कार्यालयले रु चार अर्ब ९६ करोड ९२ लाख १८ हजार राजस्व आम्दानी गरेको छ । आव २०७९/८० मा भने यो कार्यालय हुँदै रु एक अर्ब ७८ करोड ८७ लाख ६७ हजार मूल्य बराबरको एक हजार एक सय ४९ वटा जीप, कार र भ्यानहरु आयात भएका थिए । ती सवारीसाधन आयात हुँदा राज्यले चार अर्ब नौ करोड ५९ लाख १३ हजार राजस्व आम्दानी गरेको थियो । आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा दुई सय ८६ वटा बढी इन्धनबाट चल्ने जीप, कार र भ्यानहरु आयात भएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा सवारीसाधनको आयात घट्दा पनि लक्ष्य अनुसारको राजस्व पछ्याउन नसकिएको बताउनुभयो । “गत आवमा आर्थिक मन्दी र सवारीसाधनको आयातमा कमी हुँदा राजस्व सङ्कलनमा प्रत्यक्ष प्रभाव पारेको देखिन्छ”, उहाँले भन्नुभयो ।

आव २०८०/८१ मा रु एक अर्ब १४ करोड ५० लाख ६७ हजार मूल्य पर्ने पाँच सय ११ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका छन् । ती सवारीसाधन आयात हुँदा कार्यालयले रु ५८ करोड १३ लाख १३ हजार मात्रै राजस्व सङ्कलन गरेको छ ।

कार्यालय काअनुसार आव २०७९/८० मा यो भन्सार कार्यालय हुँदै रु एक अर्ब ५३ करोड मूल्य पर्ने तीन सय ९६ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका थिए ।सो आवमा यो कार्यालयले भन्सारवापत रु ६० करोड ८८ लाख ६२ हजार सङ्कलन गरेको छ ।

आव २०८०/८१ मा रु ३५ करोड ३८ लाख ४० हजार मूल्य पर्ने दुई सय ४० वटा डबल क्याव पीकअप सवारी आयात भएको थियो । सो गाडी आयात हुँदा ५९ करोड ८४ लाख ४१ हजार राजस्व सङ्कलन भएको थियो । जबकी आव २०७९/८० मा भने एक अर्ब १० करोड १३ लाख मूल्य पर्ने सात सय ७५ वटा डबल क्याव पीकअप गाडी आयात भएको थियो । ती गाडी आयात हुँदा राजस्व भने रु एक अर्ब ५५ करोड ४३ लाख १९ हजार सङ्कलन भएको थियो । सङ्ख्यात्मक रुपमा हेर्दा आव २०७९/८० को तुलनामा गत आवमा पाँच सय ३५ वटा कम आयात भएको थियो ।

आव २०८०/८१ मा रु २७ करोड ४४ लाख ८९ हजार मूल्य पर्ने दुई हजार छ सय १३ वटा मोटरसाइकल आयात भएको थियो । जसबाट रु ३४ करोड ५४ लाख १० हजार राजस्व सङ्कलन भएको छ । जबकी आव २०७९/८० मा भने रु ८३ करोड १९ लाख दुई हजार मूल्य पर्ने आठ हजार सय ९५ थान मोटरसाइकल आयात हुँदा एक अर्ब १८ लाख राजस्व सङ्कलन भयो । आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा मोटरसाइकलका सङ्ख्याको आधारमा ६९ दशमलव ९५ प्रतिशत र राजस्वको आधारमा ६५ दशमलव ५२ प्रतिशतले घटेको छ ।

आव २०८०/८१ मा ९९ करोड ८४ लाख २३ हजार मूल्य पर्ने चार सय ७८ वटा ट्रक, मिनि ट्रक आयात हुँदा रु ५७ करोड नौ लाख २४ हजार राजस्व सङ्कलन भएको छ । आव २०७९/८० मा भने रु ८३ करोड ७४ लाख ६९ हजार मूल्यका तीन सय ५४ वटा ट्रक, मिनि ट्रकको आयात हुँदा राज्यले रु ४८ करोड ३२ लाख नौ हजार राजस्व सङ्कलन गरेको थियो ।

आव २०७९/८० को तुलनामा सङ्ख्यात्मक रुपमा ती गाडीको आयात ३५ दशमलव ३ प्रतिशतले बढेको छ । भने सोही अवधिमा राजस्व पनि १८ दशमलव १५ प्रतिशतले बढेको छ । कार्यालयका अनुसार गत आवमा आयात भएका सवारीसाधन र सवारीसाधनसँग सम्बन्धित पार्टसले कूल राजस्व सङ्कलनमा आठ दशमलव २८ प्रतिशत हिस्सा ओगट्ने बताइएको छ ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 67 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 109 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 41 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 64 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 46 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 48 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल