गोसाईंकुण्ड गएका दुई तीर्थयात्री लडेर घाइते

रसुवा । गोसाईंकुण्ड गएका दुई तीर्थयात्री लडेर घाइते भएका छन् । रसुवा जिल्ला अस्पताल धुञ्चेका डा. अमितकुमार शाहका अनुसार घाइते हुनेमा हेटौँडा निवासी ३२ बर्षीय विपिन बर्तो वाल र पोखरा निवासी ६२ वर्षीय हरिबहादुर तिवारी रहेका छन् । उनीहरूलाई रसुवा प्रहरीको सहयोगमा घटनास्थलबाट उद्धार गरी अस्पताल ल्याएको छ ।

गोसाइँकुण्डबाट फर्कँदै गर्दा मंगलबार दिउँसो ओरालो बाटोमा लडेर उनीहरू घाइते भएका थिए । जनैपुर्णिमा मेलामा गोसाईंकुण्ड पुगेका करिब आठ हजार चार सय तीर्थयात्रीमध्ये तीन हजार छ सय ९७ जनालाई लेक लागेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

गत वर्षको तुलनामा लेक लाग्ने समस्यामा कमी आए पनि चार जनालाई श्रीनाथ गणका सेनाले गोसाइँकुण्डदेखि उद्धार गरी जिल्ला अस्पतालसम्म पुर्‍याएका थिए । उद्वारका लागि ठाउँ-ठाउँमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको थियो ।

यस वर्ष स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालको सहयोगबाट धुञ्चेमा  सञ्चालित ‘हेल्थ डेस्क’मार्फत दुई हजार २० जनालाई  स्वास्थ्य परीक्षण गरी लेक नलाग्ने औषधि खुवाइएको थियो । तीर्थ यात्रुलाई रेडक्रसको सहयोगमा जिल्ला आयुर्वेदिक सेवा केन्द्रले दुई सय ४०, नेपाली सेनाको श्रीनाथ गणले चोलाङ पाटीबाट दुई हजार १७, गोसाईंकुण्ड गाउँपालिका र स्वास्थ्य कार्यालयले लौरी विनायकमा शिविर सञ्चालन गरी नौ सय ५० जनालाई प्राथमिक उपचार एवं परामर्श दिएको जिल्ला स्वास्थ्य प्रमुख भीमसागर गुरागाईंले जानकारी दिए ।

जनैपुर्णिमामा हेलिकप्टरबाट गोसाईंकुण्ड जान खोजेका तीर्थयात्री भने प्रतिकुल मौसमका कारण जान सकेनन् । खराब मौसमले उडान गर्न नसकिएको अल्टिच्युड एयरका निर्देशक एवं वरिष्ठ क्याप्टेन विवेक खड्काले जानकारी दिए । 

नाग पञ्चमीदेखि जनपूर्णिमासम्म एघार हजार तीर्थयात्री गोसाईंकुण्ड पुगेको र यस क्षेत्रमा आठ करोड बराबरको व्यापार भएको होटल व्यवसायी संघीका जिल्ला अध्यक्ष निसान गजुरेलले बताए। मेलामा व्यापारीले महँगो मूल्य असुल गरेको गुनासो बढेको छ । गोसाईंकुण्ड मेला सफल पार्न सबै क्षेत्रबाट सहयोग प्राप्त भएको गोसाईंकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले बताए।

  • Related Posts

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ जेठ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बुधबार बिहान करिब ०७:०० बजेको समयमा पर्सा जिल्लाको बिन्दबासिनी…

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, २५ जेठ । नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 71 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 110 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 43 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 67 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 48 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 51 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल