घान्द्रुक र सिक्लेसको पोखरासँग यातायात सम्पर्क विच्छेद

कास्की, १ साउन : यहाँको प्रमुख ग्रामीण पर्यटकीय गन्तव्य सिक्लेस र घान्द्रुकको पोखरासँग सिधा यातायात सम्पर्क विच्छेद भएको छ ।

अन्नपूर्ण गाउँपालिका-११ स्थित घान्द्रुक र मादी गाउँपालिका-१ सिक्लेस जाने सडकमा पहिरो जाँदा सडक सम्पर्क विच्छेद भएको हो । सडक सञ्चालन हुन नसक्दा गाउँमा पर्यटकीय गतिविधि प्रभावित बनेको छ ।

पोखरा–घान्द्रुक सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका-१० को क्लियूमा गत असार २० गते रातिको पहिराले सडक बगाउँदा पोखरादेखि घान्द्रुकसम्मको यातायात सम्पर्क टुटेको थियो । घान्द्रुकका पर्यटन व्यवसायी किशम गुरुङले सडक अवरुद्ध हुँदा पर्यटक आवतजावत रोकिएको बताउनुभयो ।

“पहिला वर्खायाममा पनि पर्यटक आउनुहुन्थ्यो तर अहिले बाटोका कारण सुनसान छ । बाटोको अवस्था बुझेपछि आउन चाहने पर्यटकले यात्रा रद्द गर्नुभएको छ । पर्यटकलाई मात्र होइन, गाउँलेलाई पनि आवतजावतमा समस्या भएको छ”, गुरुङले भन्नुभयो ।

घान्द्रुक विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर पदयात्राको प्रवेशद्वार हो । पर्यटकीय मौसममा घान्द्रुक हुँदै दैनिक सयौँ पर्यटक अन्नपूर्ण आधार शिविर जाने गर्दछन् । गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङका अनुसार पहिरोले ५० मिटर तलदेखि सडक बगाएको छ । सडक मर्मतका लागि विस्तृत प्राविधिक अध्ययन आवश्यक रहेको उहाँले बताउनुभयो ।

“सडक धेरै तलदेखि खसेको छ, माथि नयाँ ट्रयाक खोल्ने ठाउँ छैन । सडक खुलाउन अप्ठ्यारो भएको छ”, प्रवक्ता गुरुङले भन्नुभयो । गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीसहित पालिकाको प्राविधिक टोली र प्रदेशको पूर्वाधार विकास कार्यालय प्रमुख शोभियत ख्डकाको टोलीले पहिरो गएको स्थानको निरीक्षण गर्नुभएको छ । वर्षा निरन्तर भइरहेको र पालिकाको स्रोतले बाटो खुलाउन सक्ने अवस्था नरहेको उहाँले जानकारी दिनुभयो ।

सिक्लेसलाई पोखरासँग जोड्ने प्रमुख सडक काहुँखोला-सिक्लेस-दुधपोखरी सडकका विभिन्न स्थानमा केही दिनयता पहिरो खसेकाले सडक अवरुद्ध छ । सो सडकखण्डको मादी-७ हात्तीगौँडा, मादी-६ केराबारी, मादी-१ चिप्ली र खिलाङको बीच तथा पधुखोला नजिक पहिरो खसेको छ ।

मादी-१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले सडक अवरुद्ध हुँदा ग्रामीण जनजीवन प्रभावित भएको बताउनुभयो । वडा कार्यालय तथा स्थानीयवासी मिलेर सडकको पहिरो पन्छाउने गरे पनि केही दिनमै पुनःपहिरो खस्दा यातायात सञ्चालन गर्न नसकिएको उहाँको भनाइ छ । गुरुङले भन्नुभयो, “पोखरादेखि सिक्लेससम्म आइपुग्दा चार वटा सवारी परिर्वतन गर्नुपर्ने बाध्यता छ ।”

  • Related Posts

    सार्क पत्रकार मञ्चका अध्यक्ष लामाले संयुक्त राष्ट्र संघमा ECOSOC अध्यक्ष थापालाई भेटे-

    न्यूयोर्क, ०७ वैशाख । सार्क पत्रकार मञ्चका अध्यक्षले संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषद् (ECOSOC) का अध्यक्ष लोकबहादुर थापासँग न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा भेटवार्ता गर्नुभयो। यस भेटवार्ताले मिडिया…

    सार्क पत्रकार मञ्चका अध्यक्ष संयुक्त राष्ट्र विकास वित्त मञ्चमा सहभागी-

    न्यूयोर्क, ०७ वैशाख । सार्क पत्रकार मञ्चका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामाले न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा विकास सप्ताहको लागि वित्त पोषण कार्यक्रममा भाग लिए । दिगो विकासको लागि अन्तर्राष्ट्रिय सहयोगलाई…

    पहिलो

    सार्क पत्रकार मञ्चका अध्यक्ष लामाले संयुक्त राष्ट्र संघमा ECOSOC अध्यक्ष थापालाई भेटे-

    • April 20, 2026
    • 70 views
    सार्क पत्रकार मञ्चका अध्यक्ष लामाले संयुक्त राष्ट्र संघमा ECOSOC अध्यक्ष थापालाई भेटे-

    सार्क पत्रकार मञ्चका अध्यक्ष संयुक्त राष्ट्र विकास वित्त मञ्चमा सहभागी-

    • April 20, 2026
    • 62 views
    सार्क पत्रकार मञ्चका अध्यक्ष संयुक्त राष्ट्र विकास वित्त मञ्चमा सहभागी-

    रास्वपा सभापति लामिछानेसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेटवार्ता

    • April 20, 2026
    • 28 views
    रास्वपा सभापति लामिछानेसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेटवार्ता
    देश विदेशका प्रमुख २० समाचार

    केकीको चलचित्र ‘स्टेशन’ को शुभमुहूर्त

    • April 20, 2026
    • 60 views
    केकीको चलचित्र ‘स्टेशन’ को शुभमुहूर्त

    युएई जाने नेपाली नागरिकलाई शर्त राखेर अनुमति दिने दुई कर्मचारीलाई विभागले जिम्मेवारीबाट हटायो

    • April 20, 2026
    • 30 views
    युएई जाने नेपाली नागरिकलाई शर्त राखेर अनुमति दिने दुई कर्मचारीलाई विभागले जिम्मेवारीबाट हटायो