चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २६ असार । वीरगंजमा लामो समयदेखि देखिँदै आएको पानी संकट अहिले चरम अवस्थामा पुगेको छ । भू–जलको सतह लगातार घट्दो क्रममा रहेको र चापाकलहरू सुक्न थालेपछि दैनिक उपभोगका लागि पानी जुटाउनै मुस्किल भएको अवस्था छ । वीरगंजवासीको यिनै पीडा बुझ्न र तत्काल राहत दिन महानगर प्रमुख राजेशमान सिंह आफैं ट्यांकी र ट्यांकरसहित विभिन्न बस्तीमा पुग्न थाल्नु भएको छ ।

मंगलबार साँझ मेयर सिंह वडा नं. ११ अन्तर्गत विद्यापति नगर, श्रीपुर, रानीघाट लगायतका प्रभावित टोलमा टंकी र ट्यांकर लिएर पुग्नु भएको हो । उहाँले भन्नुभयो, “वीरगंजवासीलाई पानीको अभावमा राखिन्न, जहाँ समस्या छ, त्यहाँ तत्काल समाधानको प्रयास गर्नेछौँ ।” पानीको समस्या ३२ वटै वडामा रहेको र सबै वडामा समान रुपमा पानी पुर्याउने गरि संयन्त्र परिचालन गरिएको पनि उहाँले बताउनुभयो ।

महानगरपालिकाले संकटग्रस्त स्थानहरूमा १० हजार, ५ हजार र २ हजार लिटर क्षमताका ट्यांकीहरू राखेर पानीको समस्या समाधान गर्ने प्रयास गरेको छ । ती ट्यांकीहरूमा नियमित पानी भरेर आपूर्ति गर्न ५ वटा ट्यांकर र ३ वटा दमकल परिचालन गरिएका छन् । यो व्यवस्था आजैदेखि चौबिसै घण्टा सञ्चालनमा ल्याइएको महानगर प्रमुख सिंहले जानकारी दिनुभयो । प्रत्येक वडामा स्थानीय प्रतिनिधि, कर्मचारी र स्वयंसेवकमार्फत पानीको तालिकाबद्ध वितरण सुरु गरिएको छ ।

पानीको संकटसँगै महानगरले दीर्घकालीन समाधानतर्फ पनि ध्यान दिएको जनाएको छ । भू–जल पुनर्भरण, वर्षा पानी संकलन, सार्वजनिक भण्डारण ट्यांकी निर्माण र वैकल्पिक जल स्रोतको पहिचानका लागि योजनागत काम अगाडि बढाइएको छ । मेयर सिंहले भन्नुभयो, “तत्काल राहत मात्र होइन, दीर्घकालीन समाधानको खाका तयार पार्दैछौं।”वीरगंजको पानी संकट अहिले सबैको साझा चिन्ता बनेको छ । यस्तो विषम परिस्थितिमा स्थानीय सरकारको सक्रियता, जनताको संयमता र सहकार्य नै समस्याको समाधानतर्फको मार्ग हो भन्ने कुरा प्रष्ट देखिन थालेको छ ।

  • Bishnu Timalsina

    Related Posts

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    काठमाडौं, ०९ जेठ । पर्साका वरिष्ठ पत्रकार यस अनलाईन का मधेश प्रदेश व्यूरो प्रमुख एवं सार्क पत्रकार मञ्च अन्तर्राष्ट्रिय का नेपाल च्याप्टर सदस्य दीपेन्द्र प्रजापति लाई मातृशोक परेको छ ।…

    विगो भरि भराउ मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ-

    -दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ जेठ । वडा प्रहरी कार्यालय, श्रीपुर बाट खटिएको विगो भरि भराउ टोली ले विशेष सूचनाको आधारमा बुधबार दिउँसो करिब १२:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका…

    पहिलो

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 167 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 48 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 40 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    मेजरलाई वेटर बनाएर चीनमा एलन मस्कको जासुसी 

    • May 23, 2026
    • 37 views
    मेजरलाई वेटर बनाएर चीनमा एलन मस्कको जासुसी 

    भारतमा १० दिनमा तेस्रो पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

    • May 23, 2026
    • 37 views
    भारतमा १० दिनमा तेस्रो पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु

    • May 23, 2026
    • 40 views
    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु