चर्चित क्रिकेट खेलाडी शिखर धवन कर्णाली याक्समा अनुबन्ध

काठमाडौँ । भारतका चर्चित क्रिकेट खेलाडी शिखर धवन कर्णाली याक्समा अनुबन्ध भएका छन् ।

हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णालीले विश्व क्रिकेटकै चर्चित खेलाडी धवनलाई टोलीमा अनुबन्ध गरेको छ ।

कर्णालीले भारतीय राष्ट्रिय टोलीबाट तीन वटै फर्म्याटको क्रिकेट खेलिसकेका धवनलाई अनुबन्ध गरेको हो । सम्झौतामा कर्णालीका मालिक झनकदत्त खनाल र खेलाडी धवनले हस्ताक्षर गरेका छन् । सम्झौता रकम भने खुलाइएको छैन ।

३८ वर्षीय बायाँ हाते ओपनर धनवले भारतसँगै आईपीएलको दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाब किंंग्सबाट खेलेका छन् ।

उनले सन् २०१६ मा हैदरावादलाई आईपीएल जिताएका थिए । कर्णाली याक्समा अनुबन्ध भएका धवनले भारतका लागि ३२ टेष्टमा दुई हजार तीन सय १३ रन बनाएका छन् । एक सय ६७ एकदिवसीय खेलमा ६ हजार ७ सय ९३ रन बनाएका छन् ।

त्यस्तै,६८ टी-२० अन्तर्राष्ट्रिय खेलमा एक हजार ७ सय ५९ रन बनाएका छन् । धवनले नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सबाट खेल्न उत्साहित भएको बताएका छन् ।

  • Related Posts

    ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं । ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने नवलपरासी पश्चिम सुस्ता गाउँपालिका-३ घर भएका ३९ वर्षीय सागर रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा…

    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    काठमाडौं । चालु आर्थिक वर्षको ९ महिना साउनदेखि चैतसम्म सम्ममा निर्यात व्यापार २ खर्ब २२ अर्ब बराबरको भएको छ ।  भन्सार विभागले सार्बजनिक गरेको रिपोर्टका अनुसार अघिल्लो आवको सोही अवधिमा…

    पहिलो

    प्रतिबन्धित लागु औषध सहित एक जना भारतीय नागरिक पक्राउ-

    • April 22, 2026
    • 98 views
    प्रतिबन्धित लागु औषध सहित एक जना भारतीय नागरिक पक्राउ-

    ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    • April 22, 2026
    • 14 views
    ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    पर्सा मा गाँजा सहित ४ जना भारतीय पक्राउ-

    • April 21, 2026
    • 134 views
    पर्सा मा गाँजा सहित ४ जना भारतीय पक्राउ-

    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    • April 21, 2026
    • 39 views
    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    वार्ताको चर्चाका बीच इरानको युद्धक्षेत्रमा नयाँ रणनीति

    • April 21, 2026
    • 40 views

    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    • April 21, 2026
    • 37 views
    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा