चार करोड २५ लाख माछाका भुरा उत्पादन

बागमती । हेटौँडास्थित प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्रले चार करोड २५ लाख माछाका भुरा उत्पादन गरेको छ । एक वर्षमा ती भुरा उत्पादन गरिएको हो ।

मकवानपुर,  चितवन, सिन्धुली, नवलपरासी, बारा, पर्सा, रौतहट र सर्लाहीलगायत अन्य जिल्लाका किसानले भुरा खरिद गर्दै आएका छन् । उक्त कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा चार करोड ह्याचलिङ्ग, २० लाख फ्राइभुरा तथा पाँच लाख फिगरलिङ्ग भुरा उत्पादन गरी बिक्री गरिएको छ । 

उत्पादित भुराको बिक्रीबाट रु ३५ लाख ४५ हजार पाँच सय १९ राजस्व सङ्कलन भएको सूचना अधिकारी बलराम आचार्यले जानकारी दिनुभयो । यसअघि सो कार्यालयले आव २०७९/८० मा चार करोड ३५ लाखभन्दा बढी भुरा उत्पादन गरी बिक्री गरेको थियो ।

विगतमा तीन करोडदेखि तीन करोड ३४ लाख भुरा उत्पादन तथा बिक्री हुँदै आएकामा पोखरीको मर्मत सम्भारलगायत व्यवस्थापनमा सुधार गरिएपछि आव २०७९/८० देखि माछा र भुराको उत्पादनमा वृद्धि भएको कार्यालय प्रमुख सरोजकुमार यादवले बताए । थप भुरा र माछा उत्पादनका लागि पोखरीको क्षमता  विकास, सरसफाइ, मर्मत र निमार्णको कामलाई निरन्तरता दिएको प्रमुख यादवले बताए ।

कार्यालयको माछा फार्मबाट विभिन्न सात जातका विकासे माछाको मात्र प्रजनन तथा भुरा बिक्री गर्दै आएकामा हाल दुई जातका स्थानीय तथा लोपोन्मुख सहर तथा गर्दीजातको रङ्गीन कोइकार्प माछा प्रजनन  तथा बिक्रीको क्रममा रहेको जनाएको छ ।

न्यानो पानीमा फस्टाउने सरकारी स्तरबाट सिफारिस गरिएका विभिन्न स्वदेशी माछा, रहु, नैनी, माकुर तथा विदेशी माछा कमन कार्प, सिल्भर कार्प, विगहेड कार्प, ग्रप्स कार्प गरी जम्मा सात जातका भुरा उत्पादन गरी विभिन्न जिल्लाका माछा किसानलाई बिक्री गरिएको छ ।

एकीकृत मत्स्यपालन प्रणालीअन्तर्गत बङ्गुर पालन प्रणालीको सुरु गरिएको छ भने भौतिक संरचना सुधारका साथै आठ वटा जीर्ण अवस्थामा रहेका पोखरी मर्मत गरिएको प्रमुख यादवले बताए । 

यसैगरी घट्टेखोलाको पानी सङ्कलन गर्ने चेम्बर मर्मत तथा नाला निर्माण, ह्याचारीमा पानी व्यवस्थापनका लागि पाइप लाइन मर्मत तथा सुदृढीकरण, ह्याचरी रङरोगन तथा सुदृढीकरणलगायत कार्य गरिएको छ ।  

मत्स्य सङ्ग्रहालयअन्तर्गत संरक्षित माछाका नमूना तथा ‘लाइभफिस म्युजियम’को स्थापना तथा सञ्चालन प्रक्रिया अगाडि बढाइएको छ ।

उक्त कार्यालयले जलीय विविधता एवं प्रवर्द्धन तथा प्राकृतिक जलाशयमा आश्रित जनसमुदायको जीविकोपार्जनसँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 84 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 117 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 45 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 67 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 49 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 52 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल