चेल्सी लिड्ससँग स्तब्ध, बराबरीमा रोकियो लिभरपुल

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सी पराजित भएको छ । गएराती सम्पन्न खेलमा चेल्सी लिड्स युनाइटेडसँग स्तब्ध भएको हो ।

लिड्सले चेल्सीलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो । लिड्सको जितमा जाका बिजोल, आओ टनाका र मोनिक कलभर्ट लेविनले एक एक गोल गरेका थिए । त्यस्तै चेल्सीका लागि एक गोल पेड्रो नेटोले गरेका थिए ।

त्यस्तै गएराती नै सम्पन्न अर्को खेलमा लिभरपुल सन्डरल्याण्डसँग १-१ गोलको बराबरीमा रोकिएको छ । त्यस्तै एस्टन भिल्लाले ब्राइटनलाई ४-३ गोल अन्तरले पराजित गरेको छ भने क्रिस्टल प्यालेसले बर्न्लीलाई १-० गोल अन्तरले पराजित गरेको छ । त्यसैगरी नोट्टीङघाम फोरेस्टले वोल्भ्सलाई १-० ले पराजित गरेको छ ।

हारपछि चेल्सीको १४ खेलमा २४ अंक रहेको छ र हाल लिगमा चौथो स्थानमा छ भने लिड्स युनाइटेडको १४ खेलमा १४ अंक भएको छ र १७औं स्थानमा उक्लिएको छ ।

त्यसैगरी लिभरपुलको १४ खेलमा २२ अंक रहेको छ र हाल लिगमा आठौँ स्थानमा रहेको छ ।   

  • Related Posts

    टी-२० र टेस्ट क्रिकेटमा नयाँ नियम

    काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बोर्ड बैठकले क्रिकेटका विभिन्न ढाँचासँग सम्बन्धित महत्त्वपूर्ण निर्णयहरू अनुमोदन गरेको छ । भारतको अहमदावादमा भएको बैठकमा खेलाडी, प्रशिक्षक तथा खेल अधिकारीसँग सम्बन्धित नियमहरूमा…

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    काठमाडौँ । ब्राजिलका स्टार खेलाडी नेइमार मांसपेशीमा चोट लागेपछि दुईदेखि तीन सातासम्म मैदान बाहिर रहने भएका छन् । उनको स्वास्थ्य परीक्षणपछि चोट पुष्टि भएको हो । चोटका कारण नेइमारले विश्वकपअघि…

    पहिलो

    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    • June 24, 2026
    • 87 views
    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    • June 24, 2026
    • 51 views
    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    • June 24, 2026
    • 79 views
    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    • June 23, 2026
    • 89 views
    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    • June 21, 2026
    • 117 views
    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    • June 21, 2026
    • 102 views
    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-