चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी

काठमाडौँ । नेपालमा ऊर्जा क्षेत्रको विकासका लागि समन्वयकारी भूमिका निर्वाह गर्दै आएको विद्युत् विकास विभागले आफ्नो प्रगति विवरण सार्वजनिक गरेको छ ।

विभागका महानिर्देशक नवीनराज सिंहका अनुसार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विभागले जलविद्युत् आयोजना, प्रसारण लाइनको अनुमति प्रदान गर्दै आएको छ ।

विभागले जलविद्युत्तर्फ सातवटा आयोजनाको अनुमतिपत्र प्रदान गरेको छ । ती आयोजनाको कुल क्षमता ६९ दशमलव दुई मेगावाट रहेको छ । सौर्य ऊर्जातर्फ दुईवटा आयोजनाको कुल ४० मेगावाट बराबरको जडित क्षमता छ ।

विभागले वायु ऊर्जातर्फ एक आयोजनाको कुल १० मेगावाट बराबरको क्षमता रहेको जनाएको छ । यसरी कुल १० वटा आयोजनाको एक सय १९ दशमलव दुई मेगावाट जडित क्षमताको विद्युत् उत्पादनको सर्वेक्षण अनुमतिपत्र जारी गरिएको हो ।

जलविद्युत्तर्फ चैनपुर सेती जलविद्युत् आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र जारी गरिएको छ । सो आयोजनाको कुल क्षमता दुई सय १० रहेको छ । यस्तै, अन्य १२ वटा आयोजनालाई पनि उत्पादन अनुमतिपत्र प्रदान गरिएको छ । ती आयोजनाको क्षमता तीन सय ५३ दशमलव दुई मेगावाट छ ।

सौर्य ऊर्जातर्फ दुई आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको र तिनको कुल क्षमता १७ दशमलव तीन मेगावाट रहेको जनाइएको छ । यसबीचमा विभागले तीन सय ७० दशमलव पाँच मेगावाट क्षमता बराबरका कुल १४ वटा आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र जारी गरेको छ ।

प्रसारण लाइनतर्फ ३३ केभी क्षमताको ५६ दशमलव ४५ सर्किट किलोमिटर, एक सय ३२ केभी क्षमताको दुई सय १० दशमलव ९५ सर्किट किलोमिटर, दुई सय २० केभी क्षमताको एक सय २५ दशमलव एक सर्किट किलोमिटर, चार सय केभी क्षमताको २९ दशमलव ३७ सर्किट किलोमिटर गरी कुल २२ वटा विद्युत् प्रसारणको सर्वेक्षण अनुमति पत्रसमेत जारी गरिएको महानिर्देशक सिंहले जानकारी दिए ।

त्यस्तै, प्रसारण लाइनतर्फ ३३ केभी क्षमताको २३ दशमलव पाँच सर्किट किलोमिटर, एक सय ३२ केभी क्षमताको १९ दशमलव आठ सर्किट किलोमिटर, दुई सय २० केभी क्षमताको १२ दशमलव एक सर्किट किलोमिटर र चार सय केभी क्षमताको पाँच सर्किट किलोमिटर गरी कुल सातवटा विद्युत् प्रसारण लाइनको अनुमतिपत्र जारी गरिएको उनले बताए ।

विभागका अनुसार वितरण लाइनतर्फ ३३ केभी क्षमताको कुल ८३ सर्किट किलोमिटर हुने सातवटा विद्युत् वितरणतर्फको अनुमतिपत्र जारी गरेको छ ।

  • Related Posts

    पिडितलाई वास्तविक न्याय चाहिन्छ, नौटंकी बन्द गर सरकार

    काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले सिन्धुलीको खुर्कोटमा प्रहरी हिरासतमा शंकास्पद रुपमा श्रीकृष्ण विकको मृत्यु राज्यको जिम्मेवारीमाथि उठेको गम्भीर प्रश्न भएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै नेता बस्नेतले…

    शेखर गोल्छा पक्राउपछि तीन संस्थाले भने- धरपकडले निजी क्षेत्र निरुत्साहित भयो

    काठमाडौँ । निजी क्षेत्रका तीन प्रमुख संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले पछिल्ला घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। व्यवसायी शेखर गोल्छा पक्राउ…

    पहिलो

    नेशनल मेडिकल कलेज द्वारा आदर्श कोतवाल गाउँपालिकामा “निःशुल्क बृहत स्वास्थ्य शिविर” सम्पन्न, हजारौं बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    • April 24, 2026
    • 52 views
    नेशनल मेडिकल कलेज द्वारा आदर्श कोतवाल गाउँपालिकामा “निःशुल्क बृहत स्वास्थ्य शिविर” सम्पन्न, हजारौं बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    पिडितलाई वास्तविक न्याय चाहिन्छ, नौटंकी बन्द गर सरकार

    • April 24, 2026
    • 28 views
    पिडितलाई वास्तविक न्याय चाहिन्छ, नौटंकी बन्द गर सरकार

    शेखर गोल्छा पक्राउपछि तीन संस्थाले भने- धरपकडले निजी क्षेत्र निरुत्साहित भयो

    • April 24, 2026
    • 19 views
    शेखर गोल्छा पक्राउपछि तीन संस्थाले भने- धरपकडले निजी क्षेत्र निरुत्साहित भयो

    अतिक्रमण गरिएका ऐलानी तथा पर्ति जग्गा खाली गराउन पोखरा महानगरको ३५ दिने अल्टिमेटम

    • April 24, 2026
    • 22 views
    अतिक्रमण गरिएका ऐलानी तथा पर्ति जग्गा खाली गराउन पोखरा महानगरको ३५ दिने अल्टिमेटम

    अनलाइनमार्फत ठगी गरेको अभियोगमा पक्राउ

    • April 24, 2026
    • 13 views
    अनलाइनमार्फत ठगी गरेको अभियोगमा पक्राउ