दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय, पर्सा ले सोमबार बिरगंज महानगरपालिका वडा नं. ३१ बाट चोरीको मोटरसाईकल सहित एक जना चोरलाई आफ्नो नियन्त्रणमा लिएको छ ।
यही असार ०९ गते राति करिब ०८:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. ३१, कोनिया टोल बस्ने बिजय पटेलको घर अगाडि वडा नं. २१ बस्ने रामज्ञा साहको नाममा दर्ता रहेको मधेश प्रदेश ०३-०३५ प ७७४५ नम्बरको कालो रंगको सुपर स्पलेण्डर मोटरसाईकल घर अगाडि पार्किङ गरी राखिएको अवस्था बाट उक्त मोटरसाईकल को लक तोडी चोरी भएको थियो ।
चोरी पश्चात् सम्बन्धित व्यक्तिको उजुरीको आधारमा यस कार्यालय मातहत प्रहरी चौकी मिलनचोक, पर्सा बाट खटिएको चेकिङ टोलीले आईतबार राति करिब ०८:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. ३१ स्थित बाट मधेश प्रदेश ०३-०३५ प ७७४५ नम्बरको मोटरसाईकल र जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. ३२ बस्ने वर्ष १९ को विध्यानन्द महतोलाई नियन्त्रणमा लिइ यस कार्यालयमा ल्याइ निज विरुद्ध चोरी सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालत बाट सात दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्साल ले बताएका छन् ।








