जापानको तल्लो सदन भंग, फेब्रुअरी ८ मा मध्यावधि चुनाव हुने

जापानी प्रधानमन्त्री साने ताकाइचीले संसदको तल्लो सदन विघटन गरेकी छन् । फेब्रुअरी ८ मा मध्यावधि निर्वाचनको घोषणा गर्दै संसद विघटन गरेको एनएचकेले जानकारी दिएको छ ।

अक्टोबरमा जापानको पहिलो महिला प्रधानमन्त्री निर्वाचित ताकाइचीले अहिलेसम्म लगभग ७० प्रतिशतको उच्च लोकप्रियता मूल्याङ्कन हासिल गरिसकेकी छिन् । सत्तारुढ दललाई बलियो बनाउन र अहिलेको लोकप्रियतालाई उपयोग गर्न उनले संसद भंग गरेर ताजा जनादेशमा गएको बताइएको छ ।

यद्यपि, संसदको विघटनले बजेटमा मतदान स्थगित भएको छ, जुन कमजोर अर्थतन्त्रलाई समर्थन गर्ने र बढ्दो मुद्रास्फीतिलाई सम्बोधन गर्ने उद्देश्यले गरिएको थियो । ४६५ सदस्यीय तल्लो सदनको विघटनले १२ दिने चुनावी अभियानको सुरुवात गर्नेछ, जुन औपचारिक रूपमा मंगलबारबाट सुरु हुनेछ ।

प्रधानमन्त्री ताकाइचीले संसद भंग गर्दै आफु प्रधानमन्त्री रहने वा नरहने जनताले निर्णय गर्नुपर्ने बताएकी छन् । उनले यो चुनावलाई आफ्नो राजनीतिक भविष्यसँग जोड्दै आएको स्पष्ट पारिन् । कट्टरपन्थी रूढिवादी नेता ताकाइचीले आफ्ना पूर्ववर्ती शिगेरु इशिबाको भन्दा फरक नीतिहरू अगाडि बढाउन चाहन्छिन् । उनको एजेन्डामा सरकारी खर्च बढाउने, सैन्य शक्ति बढाउने र जापानलाई बलियो र समृद्ध बनाउन कडा आप्रवासन नीति अपनाउने बताएकी छन् ।

यद्यपि युवा मतदाताहरूमाझ ताकाचीको छवि लोकप्रिय छ । यसले धेरै परम्परागत मतदाताहरूलाई उदीयमान दक्षिणपन्थी विपक्षी दलहरूतिर फर्काएको छ । यस चुनावमा प्रधानमन्त्रीको लक्ष्य तल्लो सदनमा बलियो बहुमत प्राप्त गर्नु रहेको छ । 

  • Related Posts

    न्युयोर्कको एम्पायर स्टेट भवनको चुचुरोमा पुगे प्रेमी जोडी, दुवै पक्राउ

    काठमाडौँ । अमेरिकाको न्युयोर्कस्थित विश्वप्रसिद्ध एम्पायर स्टेट भवनको चुचुरोमा सुरक्षा व्यवस्था छल्दै एक प्रेमी-प्रेमिका जोडी पुगेपछि उनीहरू पक्राउ परेका छन् । दुवैले भवनको माथिल्लो भागमा पुगेर ‘जब प्रेमको शक्ति सत्ताप्रतिको…

    विश्वकप जितको उत्सव मनाउदा तीन जनाको मृत्यु

    काठमाडौँ । फिफा विश्वकप फुटबलमा इक्वेडरमाथि मेक्सिकोको ऐतिहासिक जितपछि भएको विजय उत्सवका क्रममा भीडमा निसास्सिएर तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १९ वर्षीया एक युवती, ४८ वर्षीया एक…

    पहिलो

    हाजीपुर को टैगोर विद्यालय मा स्वामी विवेकानन्दको पुण्यतिथि मा विभिन्न कार्यक्रमको आयोजना-

    • July 4, 2026
    • 54 views
    हाजीपुर को टैगोर विद्यालय मा स्वामी विवेकानन्दको पुण्यतिथि मा विभिन्न कार्यक्रमको आयोजना-

    भोजपुरी संस्कृति बिषयक बक्तृत्वकला तथा मौलिक गीत प्रतियोगीता सम्पन्न-

    • July 3, 2026
    • 56 views
    भोजपुरी संस्कृति बिषयक बक्तृत्वकला तथा मौलिक गीत प्रतियोगीता सम्पन्न-

    श्री नृसिंह माध्यमिक विद्यालय नजिक बाट एउटा बाईक चोरी-

    • July 3, 2026
    • 70 views
    श्री नृसिंह माध्यमिक विद्यालय नजिक बाट एउटा बाईक चोरी-

    स्थानीय सञ्चार माध्यमको संरक्षणमा जोड

    • July 3, 2026
    • 29 views
    स्थानीय सञ्चार माध्यमको संरक्षणमा जोड

    दैलेख दुर्घटना अपडेट: एक जनाको मृत्यु, हराएका यात्रुको कर्णालीमा खोजी जारी

    • July 3, 2026
    • 30 views
    दैलेख दुर्घटना अपडेट: एक जनाको मृत्यु, हराएका यात्रुको कर्णालीमा खोजी जारी

    राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्दै

    • July 3, 2026
    • 28 views
    राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्दै