विश्व स्वास्थ्य संगठनबाट पूर्णरुपमा बाहिरियो अमेरिका

 अमेरिका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट पूर्ण रुपमा बाहिरिएको छ ।

अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभाग र अमेरिकी विदेश विभागले अमेरिका डब्लुएचओबाट पुर्णरुपमा बाहिरिएको घोषणा गरेका हुन् । स्वास्थ्य तथा मानव सेवा सचिव रोबर्ट एफ. केनेडी, जुनियर र विदेश सचिव मार्को रुबियोले डब्लुएचओमा अमेरिकी सदस्यता समाप्त भएको घोषणा गरेका चाहन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २०, २०२५ मा डब्लुएचओ छोड्ने घोषणा गरेका थिए । 

वर्षभरि चलिरहेको प्रक्रियामा, अमेरिकाले डब्लुएचओलाई दिने सहयोग बन्द गरेको थियो भने आफ्ना सबै कर्मचारी समेत फिर्ता बोलाएको थियो । डब्लुएचओबाट बाहिरिएसँगै, अमेरिकाले डब्लुएचओसँग सीमित रूपमा मात्र समन्वय गर्ने बताएको छ । 

डब्लुएचओले कोभिड १९ को प्रारम्भिक चरणहरूमा विश्वव्यापी जनस्वास्थ्य आपतकाल र महामारी घोषणा गर्न ढिलाइ गरेको र चीनबाट फैलिएको भनिएको कोभिड बारे डब्लुएचको चीनप्रति कडा रवैया नअपनाएको भन्दै ट्रम्पले यसको औचित्य नरहेको बताउदै आएका थिए ।

अब अमेरिकाले अन्य देशहरू, निजी क्षेत्र, गैर-सरकारी संस्थाहरू, र धार्मिक संस्थाहरूसँग प्रत्यक्ष रूपमा अवस्थित र नयाँ संलग्नताहरू मार्फत विश्वव्यापी स्वास्थ्य नेतृत्वलाई निरन्तरता दिने बताएको छ ।

अमेरिकाले औसतमा बार्षिक रुपमा डब्लुएचओमा १११ मिलियन डलर आर्थिक सहयोग गर्ने गर्दथ्यो । यस बाहेक कैयौं स्वयं सेवकहरु पनि खटाउने गर्दथ्यो । 

  • Related Posts

    न्युयोर्कको एम्पायर स्टेट भवनको चुचुरोमा पुगे प्रेमी जोडी, दुवै पक्राउ

    काठमाडौँ । अमेरिकाको न्युयोर्कस्थित विश्वप्रसिद्ध एम्पायर स्टेट भवनको चुचुरोमा सुरक्षा व्यवस्था छल्दै एक प्रेमी-प्रेमिका जोडी पुगेपछि उनीहरू पक्राउ परेका छन् । दुवैले भवनको माथिल्लो भागमा पुगेर ‘जब प्रेमको शक्ति सत्ताप्रतिको…

    विश्वकप जितको उत्सव मनाउदा तीन जनाको मृत्यु

    काठमाडौँ । फिफा विश्वकप फुटबलमा इक्वेडरमाथि मेक्सिकोको ऐतिहासिक जितपछि भएको विजय उत्सवका क्रममा भीडमा निसास्सिएर तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १९ वर्षीया एक युवती, ४८ वर्षीया एक…

    पहिलो

    हाजीपुर को टैगोर विद्यालय मा स्वामी विवेकानन्दको पुण्यतिथि मा विभिन्न कार्यक्रमको आयोजना-

    • July 4, 2026
    • 54 views
    हाजीपुर को टैगोर विद्यालय मा स्वामी विवेकानन्दको पुण्यतिथि मा विभिन्न कार्यक्रमको आयोजना-

    भोजपुरी संस्कृति बिषयक बक्तृत्वकला तथा मौलिक गीत प्रतियोगीता सम्पन्न-

    • July 3, 2026
    • 56 views
    भोजपुरी संस्कृति बिषयक बक्तृत्वकला तथा मौलिक गीत प्रतियोगीता सम्पन्न-

    श्री नृसिंह माध्यमिक विद्यालय नजिक बाट एउटा बाईक चोरी-

    • July 3, 2026
    • 70 views
    श्री नृसिंह माध्यमिक विद्यालय नजिक बाट एउटा बाईक चोरी-

    स्थानीय सञ्चार माध्यमको संरक्षणमा जोड

    • July 3, 2026
    • 29 views
    स्थानीय सञ्चार माध्यमको संरक्षणमा जोड

    दैलेख दुर्घटना अपडेट: एक जनाको मृत्यु, हराएका यात्रुको कर्णालीमा खोजी जारी

    • July 3, 2026
    • 30 views
    दैलेख दुर्घटना अपडेट: एक जनाको मृत्यु, हराएका यात्रुको कर्णालीमा खोजी जारी

    राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्दै

    • July 3, 2026
    • 28 views
    राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्दै