जुवातास खेलिरहेका ९२ जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेका ९२ जनालाई नियन्त्रणमा लिएको छ ।

जसमा संखुवासभाको खाँदबारी नगरपालिका-१ बसपार्क बस्ने ५७ वर्षीय जित कुमार राईले संचालन गरेको खुसुमा होटलमा जुवातास खेलिरहेको अवस्थामा जित कुमार समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७२ हजार ९ सय ३५ रूपैयाँ, १६ थान कौडा र ४ बुक तास सहित पक्राउ गरेको हो । 

त्यस्तै ललितपुरको महालक्ष्मी नगरपालिका-१ रातामकै चोकस्थित काठमाडौं चन्द्रागिरी नगरपालिका-१३ घर भएका ४८ वर्षीय जिवन थापाले संचालन गरेको स्वाद रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा जिवन समेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख ७५ हजार १ सय ८५ रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो । 

यसैगरी ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथली बस्ने ३३ वर्षीय सुरेश नापितको घरमा जुवातास खेलिरहेको अवस्थामा सुरेश समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुर समेतबाट खटिएको प्रहरीले  उनीहरूलाई नगद ४ लाख ९४ हजार ५ सय रूपैयाँ र १९ बुक तास सहित पक्राउ गरेको हो ।

त्यसैगरी काभ्रेको बनेपा नगरपालिका-१२ बाँसडोलस्थित घरबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१२ बस्ने ३२ वर्षीय सुमन थापा समेत १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रे र इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३५ हजार ७ सय ३० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । 

त्यस्तै सिन्धुलीको गोलन्जोर गाउँपालिका-३ ग्वालटारस्थित घरबाट जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-२ बस्ने ४८ वर्षीय ढाल बहादुर कार्की समेत २४ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खुर्कोट समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ८९ हजार १ सय ६१ रूपैयाँ र १ सय ६४ पत्ती तास सहित पक्राउ गरेको हो ।  

त्यसैगरी कास्कीको पोखरा महानगरपालिका-९ नयाँबजार बस्ने ४९ वर्षीय सुरेश शिल्पकारको घरमा जुवातास खेलिरहेको अवस्थामा सुरेश लगायत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ५१ हजार ४ सय ५५ रुपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।  

त्यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका-५ बस्ने ५४ वर्षीय हिमराज खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा हिमराज समेत ५ जनालाई दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार १ सय ९५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । 

त्यसैगरी बाँकेको कोहलपुर नगरपालिका-१५ चौधरीया गाउँ बस्ने ५६ वर्षीय लक्ष्मी प्रसाद बोहराको कुखुरा फर्ममा जुवातास खेलिरहेको अवस्थामा लक्ष्मी प्रसाद समेत ११ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ८८ हजार ६ सय ३५ रूपैयाँ र २० बुक तास सहित पक्राउ गरेको हो ।  

त्यस्तै जुम्लाको चन्दननाथ नगरपालिका-१ स्थित घरबाट जुवातास खेलिरहेको अवस्थामा सिंजा गाउँपालिका-५ बस्ने ३६ वर्षीय कुष्ण आरसि लगायत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७९ हजार २ सय ८५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारी साधन सञ्चालन गर्न ३ दिनको समय

    काठमाडौँ । नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारी साधन सञ्चालन सेवा प्रदान गर्न काठमाडौँ महानगरपालिकाले अन्तिम ३ दिनको अवधि दिएको छ । गएको महिना (चैत २५ गते) सार्वजनिक सूचना प्रकाशन गरेर…

    निर्माण कार्य गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जेठ ४ गतेसम्म राति

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक राति ७ घण्टा उडान तथा अवतरण बन्द गरिने भएको छ । विमानस्थलको टर्मिनल व्यवस्थापन महाशाखा प्रमुख इन्दुराज अधिकारीका अनुसार आगामी जेठ ४ गतेसम्म प्रत्येक…

    पहिलो

    नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारी साधन सञ्चालन गर्न ३ दिनको समय

    • April 21, 2026
    • 1 views
    नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारी साधन सञ्चालन गर्न ३ दिनको समय

    निर्माण कार्य गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जेठ ४ गतेसम्म राति

    • April 21, 2026
    • 14 views
    निर्माण कार्य गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जेठ ४ गतेसम्म राति

    स्वीकृत पाठ्यक्रम मात्र लागु गर्न विद्यालयहरुलाई निर्देशन

    • April 21, 2026
    • 13 views
    स्वीकृत पाठ्यक्रम मात्र लागु गर्न विद्यालयहरुलाई निर्देशन

    सार्क पत्रकार मञ्चका अध्यक्ष लामाले संयुक्त राष्ट्र संघमा ECOSOC अध्यक्ष थापालाई भेटे-

    • April 20, 2026
    • 125 views
    सार्क पत्रकार मञ्चका अध्यक्ष लामाले संयुक्त राष्ट्र संघमा ECOSOC अध्यक्ष थापालाई भेटे-

    सार्क पत्रकार मञ्चका अध्यक्ष संयुक्त राष्ट्र विकास वित्त मञ्चमा सहभागी-

    • April 20, 2026
    • 117 views
    सार्क पत्रकार मञ्चका अध्यक्ष संयुक्त राष्ट्र विकास वित्त मञ्चमा सहभागी-

    रास्वपा सभापति लामिछानेसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेटवार्ता

    • April 20, 2026
    • 32 views
    रास्वपा सभापति लामिछानेसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेटवार्ता