जेनजी आगजनी पछि पुनः सञ्चालन तर्फ वीरगंज महानगर, सहयोगको सिलसिला जारी-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, २० कार्तिक । वीरगंज महानगरपालिकालाई पुनः सहज रूपमा सञ्चालनमा ल्याउन सहयोगी हातहरू बाट सहयोग प्राप्त हुने क्रम जारी नै रहेको छ ।

गएको भदौ २३ र २४ गते ‘जेन्जी’का नाममा भएको आन्दोलनका क्रममा लुटपाट, तोडफोड र आगजनीका कारण महानगरपालिकाको भवन र कार्यालयका सामग्री पूर्ण रूपमा नष्ट भएका थिए । त्यसपछि सेवा प्रवाह प्रभावित बनेको छ ।

नागरिकलाई प्रत्यक्ष सेवा दिने संस्थाको सम्पत्ति जलेपछि त्यसलाई पुनः सञ्चालनमा ल्याउन विभिन्न संघ–संस्था, उद्योग–व्यवसायिक घराना र सामाजिक सङ्गठनहरूले सहयोग र्पुयाइरहेका छन् ।

यसै क्रममा बिहीबार वीरगंज–२१ परवानीपुरस्थित के.एन.पी. जापान प्रा.लि. ले महानगरपालिकालाई २ थान कम्प्युटर सेट सहयोग गरेको छ । महानगरपालिकाका सद्भावना दूत समेत रहेका वरिष्ठ उद्योगी अशोक वैद्यको पहलमा उद्योगले सो सहयोग गरेको हो ।

सद्भावना दूत वैद्यको पहलमा यसअघि ब्रिटानिया नेपालले २० थान अफिस कुर्सी उपलब्ध गराएको थियो । वैद्यका अनुसार, महानगरपालिकाको सेवा प्रवाहमा कुनै अवरोध आउन नदिन आफूले विभिन्न उद्योगी–व्यवसायीसँग समन्वय गर्दै आवश्यक उपकरण तथा कार्यालय सामग्री उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइरहेका छन् ।

यस अघि सूर्य नेपाल प्रा.लि., वीरगंज उद्योग वाणिज्य संघ, एन.पी.एल. समाज कल्याण संस्था, र औषधी व्यवसायी संघले ल्यापटप, कम्प्युटर, प्रिन्टर, टेबल–कुर्सी लगायतका सामग्रीहरु सहयोग गरिसकेका छन् ।

महानगर प्रमुख राजेशमान सिंहले कठिन समयमा साथ र सहयोग गर्ने सबै संघ–संस्था तथा उद्यमी समुदायप्रति आभार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘महानगरको सम्पत्ति जल्नु भनेको नगरवासीकै सम्पत्ति नष्ट हुनु हो । यस्तो कठिन घडीमा पनि साथ र सहयोगका हात अघि बढाउनु हामी सबैका लागि हौसला दिने काम हो ।

यसले महानगरलाई फेरि उठ्न प्रेरणा दिएको छ ।’उहाँका अनुसार, प्राप्त सहयोगका सामग्रीहरू प्राथमिक रूपमा प्रशासनिक कार्य सञ्चालनका लागि प्रयोग गरिने छन् । साथै, महानगरले आगामी दिनमा अन्य आवश्यक सामग्रीका लागि पनि निजी क्षेत्र र दातृ निकायसँग सहकार्य जारी राख्ने बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, ३१ जेठ । नेपाल: भारतीय महावाणिज्य दूतावास, वीरगञ्जले नेपाल-भारत मैत्री संघ (NIFA), पर्सा; नेपाल इनोभेटिभ सोसाइटी, वीरगञ्ज; नेपाल रेडक्रस सोसाइटी, वीरगञ्ज; र नेपाल यंग इन्टरप्रेन्योर्स…

    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    दीपेन्द्र प्रजापति/कालो झोला । ललितपुर, ३१ जेठ । ललितपुरको सांस्कृतिक पहिचान प्रवद्र्धन गर्न सञ्चारमाध्यम मार्फत भूमिका निर्वाह गर्ने सात जना पत्रकारलाई ललितपुर महानगरपालिका– ५ वडा कार्यालयले पहिलो पटक सुशासन पत्रकारिता…

    पहिलो

    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    • June 14, 2026
    • 39 views
    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    • June 14, 2026
    • 78 views
    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-

    • June 14, 2026
    • 56 views
    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 85 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 79 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 132 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-