नेशनल मेडिकल कलेजमा बालबालिकामुखी खेलौना प्रदर्शनी भव्य रूपमा सम्पन्न-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २० कार्तिक । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा बी.एस.सी. नर्सिङ १५ औं ब्याच द्वारा आयोजना गरिएको खेलौना प्रदर्शनी कार्यक्रम भव्य रूपमा सफलतापूर्वक सम्पन्न भएको छ । नेपाल हेल्थ कोर्प्सले यस कार्यक्रममा विशेष सहयोग प्रदान गरेको थियो।

कार्यक्रमको उद्घाटन नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारीले रिबन काटेर गर्नु भयो ।

यस प्रदर्शनीको मुख्य उद्देश्य बालबालिकामा सृजनात्मकता, सिकाइ र अन्तरक्रियात्मक शिक्षाको विकास गर्नु रहेको आयोजक समितिले जनाएको छ ।

कार्यक्रममा प्रमुख उपस्थितिहरूमा प्रबन्ध निर्देशक शाहनवाज अन्सारी, शैक्षिक निर्देशक डा. रुबी श्रेष्ठ, अस्पताल निर्देशक डा. ईशरत जाहान अन्सारी, भर्ना तथा मार्केटिङ निर्देशक अबिद हुसेन अन्सारी, प्राचार्य प्रा. डा. के. एन. सिंह, प्रमुख सूचना अधिकृत इन्जिनियर प्रदीप चौधरी, मार्केटिङ म्यानेजर जितेश चन्द्र दास, साथै नेपाल हेल्थ कोर्प्सका अध्यक्ष डा. प्रशान्त भण्डारी र विद्यार्थी क्लब टोलीको उल्लेखनीय सहभागिता रहेको ।

नर्सिङ संकाय बाट निर्देशक, उप-प्रिन्सिपल नर्सिङ तथा प्राध्यापकहरू गंगा गुरुङ, बबिता सिंह, रमा श्रेष्ठ, ममता सिंह, कबिता पौडेल, सबिता राई, प्रमिला महतो, चन्दनी मल्ल, अश्मिता चौधरी, सन्ध्या प्रधान, ऋचा सिंह र मनिषा चौधरीले सक्रियता देखाउनुभएको थियो।

प्रदर्शनीमा छ वटा विद्यालयका कूल ६ सय २५ जना बालबालिकाहरू सहभागी रहेका थिए । विद्यार्थीहरूले विभिन्न शैक्षिक र मनोरञ्जनात्मक खेलौनाहरूको अवलोकन गर्दै “खेल्दै सिक्ने संस्कृतिको” अनुभव प्राप्त गरे ।

नर्सिङ विद्यार्थी, शिक्षक, व्यवस्थापन तथा नेपाल हेल्थ कोर्प्सका स्वयंसेवकहरूको उत्कृष्ट समन्वयले कार्यक्रमलाई थप प्रभावकारी र सफल बनाएको थियो ।

नेशनल मेडिकल कलेजले यस्ता शैक्षिक तथा सामुदायिक गतिविधिहरू मार्फत “मेडिसिन भन्दा पर, मानवताको तर्फ” भन्ने मूल सन्देशलाई निरन्तर प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

  • Bishnu Timalsina

    Related Posts

    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, ३१ जेठ । नेपाल: भारतीय महावाणिज्य दूतावास, वीरगञ्जले नेपाल-भारत मैत्री संघ (NIFA), पर्सा; नेपाल इनोभेटिभ सोसाइटी, वीरगञ्ज; नेपाल रेडक्रस सोसाइटी, वीरगञ्ज; र नेपाल यंग इन्टरप्रेन्योर्स…

    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    दीपेन्द्र प्रजापति/कालो झोला । ललितपुर, ३१ जेठ । ललितपुरको सांस्कृतिक पहिचान प्रवद्र्धन गर्न सञ्चारमाध्यम मार्फत भूमिका निर्वाह गर्ने सात जना पत्रकारलाई ललितपुर महानगरपालिका– ५ वडा कार्यालयले पहिलो पटक सुशासन पत्रकारिता…

    पहिलो

    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    • June 14, 2026
    • 39 views
    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    • June 14, 2026
    • 78 views
    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-

    • June 14, 2026
    • 56 views
    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 85 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 79 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 132 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-