ट्रयाक्टर दुर्घटना एकको मृत्यु, पाँचजना घाइते

भक्तपुर । भक्तपुरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

चाँगुनारायणबाट भक्तपुरको डेकोचातर्फ आउँदै गरेको ना २ त ९३४० नम्बरको ट्रयाक्टर अनियन्त्रण भएर सडकबाट तल पल्टिदा ट्रयाक्टरमा सवार चाँगुनारायण नगरपालिका-५ निवासी ४५ वर्षीय हरिगोविन्द सुवालको उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

दुर्घटनामा ट्रयाक्टरमा सवार चाँगुनारायण-५ निवासी ३५ वर्षीया राधिका अवाल, ६० वर्षीय गोपाल कोजु, ४४ वर्षीय राधेश्याम सितिखु र ७४ वर्षीय पूर्ण केसी शिल्पकारको भक्तपुर अस्पतालमा सामान्य उपचार गरी घर फर्किएका उनले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका चालक भक्तपुर नगरपालिका-२ व्यासी बस्ने ४८ वर्षीय गणेश सुवालको भने भक्तपुर अस्पतालमा उपचार भइरहेको जानकारी दिँदै उनले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको बताए ।

  • Related Posts

    थापाथलीको सुकुम्बासी बस्ती क्षेत्रमा चलन थाल्यो डोजर

    काठमाडौँ । थापाथलीको सुकुम्बासी बस्ती क्षेत्रमा शनिबार बिहानैदेखि डोजर चलाइएको छ । यस अघि नै बस्ती हटाउने तयारीसँगै कडा सुरक्षा व्यवस्थाका बीच डोजरले घर तथा टहरा भत्काउन शुरु गरेको हो…

    शेखर गोल्छालाई चार दिन हिरासतमा राख्न अनुमति

    काठमाडौँ । पक्राउ परेका उद्योगी शेखर गोल्छालाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँले हिमालयन रिइन्स्योरेन्सका पूर्व अध्यक्ष समेत रहेका गोल्छालाई चार दिन हिरासतमा राखेर…

    पहिलो

    के स्मार्टफोन कम्पनीहरुले फोन योजनाबद्ध रूपमै छिटो बिग्रिने बनाउने गरेका हुन् ?

    • April 25, 2026
    • 11 views
    के स्मार्टफोन कम्पनीहरुले फोन योजनाबद्ध रूपमै छिटो बिग्रिने बनाउने गरेका हुन् ?

    थापाथलीको सुकुम्बासी बस्ती क्षेत्रमा चलन थाल्यो डोजर

    • April 25, 2026
    • 9 views
    थापाथलीको सुकुम्बासी बस्ती क्षेत्रमा चलन थाल्यो डोजर

    शेखर गोल्छालाई चार दिन हिरासतमा राख्न अनुमति

    • April 25, 2026
    • 11 views
    शेखर गोल्छालाई चार दिन हिरासतमा राख्न अनुमति

    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    • April 25, 2026
    • 15 views
    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    आइसीसी डिभिजन लिग- २ सिरिज: आज नेपाल र युएई आमने सामने

    • April 25, 2026
    • 10 views
    आइसीसी डिभिजन लिग- २ सिरिज: आज नेपाल र युएई आमने सामने

    विल गेट्स र वारेन बफेट दान गर्ने अरबपतिमा सबैभन्दा अगाडी

    • April 25, 2026
    • 13 views
    विल गेट्स र वारेन बफेट दान गर्ने अरबपतिमा सबैभन्दा अगाडी