तरकारी खेतीबाट वार्षिक रु छ लाख आम्दानी

अत्तरिया (कैलाली), ९ साउन : यहाँका किसानले व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी लिन थालेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–६ शान्तिटोलका शेरुराम चौधरीले लामो समयदेखि व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ । उहाँले तरकारी खेतीबाट वार्षिक रु छ लाख बचत गर्ने गरेको बताउनुभयो ।

“विगत २६ वर्षदेखि परम्परागत रुपमा तरकारी खेती गर्दै आएको थिएँ । पछिल्ला केही वर्षयता व्यवसायलाई व्यवस्थित र विस्तार गर्दै लगेको छु”, चौधरीले भन्नुभयो । अहिले १५ कठ्ठा जग्गामा तरकारी खेती विस्तार गरिएको बताउँदै उहाँले वर्षभरिमा सबै खर्च कटाएर रु छ लाखसम्म बचत हुने गरेको जानकारी दिनुभयो । “यस वर्षको वर्खा याम सुरु भएदेखि हालसम्म रु एक लाख ५० हजारको तरकारी बिक्री गरिसकेको छु”, चौधरीले भन्नुभयो, “अहिले दैनिक ५० देखि ६० किलो तरकारी बिक्री हुन्छ । भिन्डी प्रतिकिलो रु एक सय, बोडी रु दुई सय, करेला रु एक सयमा बिक्री हुने गरेको छ ।” सिजन अनुसारका सबै किसिमका तरकारी लगाउने गरेको चौधरीले बताउनुभयो । “उत्पादित तरकारी बेच्न समस्या छैन । धनगढीस्थित हाटबजारमा लगेर बिक्री गर्छु”, उहाँले भन्नुभयो, “आम्दानीको स्रोत नै यही व्यावसाय हो । यसमा लगानी कम र मेहनत बढी छ । मेहनत गर्दा धान गहुँभन्दा तरकारीमा आम्दानी कमाइ मनग्य हुन्छ ।” पाँचजना परिवारको सबै खर्च तरकारी खेतीबाटै भइरहेको चौधरीले जानकारी दिनुभयो । “दुई छोरा र एक छोरी विद्यालय पढ्छन् । पढाइलेखाइ, औषधि उपचार सबै खर्च यसबाट सञ्चालित छ”, उहाँले भन्नुभयो, “अन्यन्त्र गएर मजदुरी गर्नु भन्दा आफ्नै घरमा बसेर काम गर्न पाउँदा सन्तुष्ट छु ।” तरकारी बिक्रीबाटै भएको आम्दानीबाट विसं २०७५ मा चार कोठाको पक्की घर बनाएको चौधरीले बताउनुभयो । सिँचाइको राम्रो व्यवस्था हुनसके तरकारी खेतीबाट मनग्य आम्दानी लिन सकिने उहाँको भनाइ छ । सोही वडाको मटियारीका बिखलु रानाले पनि लामो समयदेखि तरकारी खेती गर्दै आउनुभएको छ । रानाले आठ कठ्ठा जग्गामा व्यावसायिक तरकारी खेती गर्ने गरेको बताउनुभयो । तरकारी खेतीबाट वार्षिक रु तीन लाखसम्म आम्दानी हुने गरेको उहाँले जानकारी दिनुभयो ।

“तरकारी खेतीबाट भएको आम्दानीले सहज जीविकोपार्जन भइरहेको छ । सबै खर्च कटाएर वार्षिक रु तीन लाखसम्म बचत हुन्छ”, उहाँले भन्नुभयो, “तरकारी बेच्नलाई बजार कुनै समस्या हुँदैन् । नजिकैको हाटबजारमा लगेर बिक्री गर्छु ।” स्थानीय सरकारले किसानलाई अनुदानमा बीउका साथै प्राविधिमा सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

  • Related Posts

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ जेठ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बुधबार बिहान करिब ०७:०० बजेको समयमा पर्सा जिल्लाको बिन्दबासिनी…

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, २५ जेठ । नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 71 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 110 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 43 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 67 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 48 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 51 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल