तीन दाजुभाइको १४० दिनको समुद्री यात्रा, बनाए यस्तो कीर्तिमान

काठमाडौँ । स्कटल्याण्डको राजधानी एडिनबर्गका तीन दाजुभाइले बिनारोक र कुनै बाह्य सहयोग बिना प्रशान्त महासागर पार गरेर नयाँ कीर्तिमान बनाएका छन् । 

योसँगै उनीहरु प्रशान्त महासागर पार गर्ने पहिलो टोली बनेर नयाँ विश्व कीर्तिमान कायम गरेका छन् । यस अघि यो किर्तिमान सन् २०१४ मा रुसी रोवर फेडोर कोन्युखोभले  १५९ दिन यात्रा गरेर बनाएका थिए । उनीहरूले लगभग १४० दिन समुद्रमा बिताएपछि यो उपलब्धि हासिल गरेका हुन् ।

जेमी, इभान र लाचलान म्याक्लिनले पेरुबाट अष्ट्रेलियासम्म १४ हजार ४८४ किलोमिटर यात्रा गरेको बीबीसीले उल्लेख गरेको छ । तीन दाजुभाइले यस यात्राका लागि मेडागास्करमा सफा पानी परियोजनाहरूको लागि कोष जुटाउने चुनौती स्वीकार गरेर यो यात्रा गरेका थिए । उनीहरुले मेडागास्करमा ४० हजार मानिसलाई सफा पानी उपलब्ध गराउने परियोजनाका लागि १.६४ मिलियन डलर भन्दा बढी उठाएको बताइएको छ ।

यस यात्राका क्रममा उनीहरूले खतरनाक आँधीबेहरीको सामना गर्नुपरेको थियो, जसका कारण उनीहरूले लामो बाटो हिँड्नुपरेको थियो । आँधीबेहरीको समयमा, लाचलानलाई ठूलो छालले डुङ्गाबाट बगाएको थियो, तर उनलाई फिर्ता तानिएको थियो ।

जब तीन दाजुभाइ अष्ट्रेलियाको केर्न्स पुगे र परिवार र साथीभाइलाई भेटे, उनीहरूले केवल पिज्जा खान र शान्तिपूर्वक सुत्न चाहेको बताएका थिए ।

इवानले बिबिसीसँग कुरागर्दै भने- ‘यो अझै पनि अलि अनौठो छ । हाम्रो खुट्टा जमिनमा राख्न अलि समय लागिरहेको छ, तर केर्न्समा हामीले पाएको न्यानो स्वागत अद्भुत छ ।’ जेमीले यो यात्रा शारीरिक र मानसिक दुवै रूपमा ‘अत्यन्तै कठिन’ रहेको बताए । उनले तिनै भाई एक बलियो टोली बनेको र यो ठूलो चुनौतीलाई पार गरेको बताए ।

  • Related Posts

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    काठमाडौँ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा आएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ भने १२९ जना घाइते भएका छन् । फिलिपिन्सको नागरिक सुरक्षा कार्यालयका अधिकारीहरूका…

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    काठमाडौँ । ईरानले फेरि इजराइलतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । यसपछि इजराइलका विभिन्न क्षेत्रमा फेरि सतर्कता जारी गरिएको छ र नागरिकलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ । प्रारम्भिक जानकारी…

    पहिलो

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 72 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 64 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 126 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 140 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 56 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 83 views