थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिनविरुद्धको देशद्रोहको मुद्दा खारेज

काठमाडौँ । थाइल्याण्डको एक अदालतले पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्रा विरुद्धको शाही अपमान र देशद्रोहको मुद्दा खारेज गरेको छ ।

यो आरोप थाक्सिनले २०१५ मा निर्वासनमा रहँदा दक्षिण कोरियाली अखबारलाई दिएको अन्तर्वार्तासँग सम्बन्धित रहेको बताइएको छ । यस आरोपमा उनी दोषी ठहरिएका भए, उनलाई १५ वर्षसम्मको जेल सजाय हुन सक्थ्यो ।

अन्तर्वार्तामा उनले थाईल्याण्डको शीर्ष शाही सल्लाहकार निकाय, प्रिभी काउन्सिललाई २०१४ को सैन्य विद्रोहमा सहयोग गरेको आरोप लगाएका थिए । उक्त विद्रोहले उनकी बहिनी यिंगलक शिनावात्राको सरकारलाई ढलेको थियो ।

थाईल्याण्डको लेसे-मजेस्टे कानूनले राजतन्त्रको आलोचना वा अपमान गर्नुलाई अपराध मानिन्छ । तर आलोचकहरू यी कानुन प्रायः कार्यकर्ता र राजनीतिक विरोधीहरूलाई लक्षित गर्न प्रयोग गरिने गरेको बताइएको छ ।

यो निर्णय त्यस्तो समयमा आएको हो जब थाक्सिनकी छोरी र निलम्बित प्रधानमन्त्री पाटोङटार्न शिनावात्रा पनि कानुनी कारबाहीको सामना गरिरहेकी छिन् । यस मुद्दामा उनलाई पदबाट हटाउन सकिन्छ ।

  • Related Posts

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    काठमाडौँ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा आएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ भने १२९ जना घाइते भएका छन् । फिलिपिन्सको नागरिक सुरक्षा कार्यालयका अधिकारीहरूका…

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    काठमाडौँ । ईरानले फेरि इजराइलतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । यसपछि इजराइलका विभिन्न क्षेत्रमा फेरि सतर्कता जारी गरिएको छ र नागरिकलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ । प्रारम्भिक जानकारी…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 102 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 127 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 50 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 75 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 56 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 59 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल