थाइल्यान्डमा हुने फिफा सिरिजका लागि नेपाली महिला फुटबलको प्रारम्भिक टिमको घोषणा

अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा सिरिज २०२६ अन्तर्गत थाइल्यान्डमा हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने प्रारम्भिक राष्ट्रिय महिला टिमको घोषणा गरेको छ ।

एन्फाले ३२ खेलाडीको सूची सार्बजनिक गरको हो । प्रारम्भिक सूचीमा रहेका खेलाडीमा अनिता बस्नेत, हिरा भुजेल, अनिता केसी, अनिता लम्जेल, अञ्जना राना मगर, जेनिफर राणा, मनमाया दमाई, मीना देउवा, अन्जिला तुम्बापो सुब्बा,  नेहा कुमारी चौधरी, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटी, सबिना चौधरी, समिक्षा घिमिरे, अस्मिता नेपाली, बर्षा ओली, बिमला बिके, निशा ठोकर, पूनम चेम्जोङ, प्रतिक्षा चौधरी, बिर्सना चौधरी, प्रीति राई, दिपा शाही, पुजा राना, गीता राना, पूर्णिमा राई, सरस्वती हमाल, सारु लिम्बु, सुक्रिया मिया, सुशिला कुमारी चौधरी र उषा नाथ रहेका छन् । 

फिफा सिरिज अन्तर्गत नेपालले कंगो, थाइल्यान्ड र ओएफसी क्षेत्रको एक टोलीसँग खेल्ने भएको एन्फाले जानकारी दिएको छ । यस प्रतियोगिताका खेल थाइल्यान्डको राचाबुरीस्थित राचाबुरी रंगशालामा आयोजना हुनेछन् । प्रतियोगिताअन्तर्गत अप्रिल १२ मा पहिलो खेलमा नेपालले कंगोसँग प्रतिस्पर्धा गर्नेछ। सोही दिन दोस्रो खेलमा थाइल्यान्डले ओएफसी टोलीसँग खेल्नेछ । त्यसपछि अप्रिल १५ मा पहिलो खेलका विजेता र दोस्रो खेलका विजेताबीच फाइनल खेल हुनेछ भने पराजित टोलीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।

  • Related Posts

    टी-२० र टेस्ट क्रिकेटमा नयाँ नियम

    काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बोर्ड बैठकले क्रिकेटका विभिन्न ढाँचासँग सम्बन्धित महत्त्वपूर्ण निर्णयहरू अनुमोदन गरेको छ । भारतको अहमदावादमा भएको बैठकमा खेलाडी, प्रशिक्षक तथा खेल अधिकारीसँग सम्बन्धित नियमहरूमा…

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    काठमाडौँ । ब्राजिलका स्टार खेलाडी नेइमार मांसपेशीमा चोट लागेपछि दुईदेखि तीन सातासम्म मैदान बाहिर रहने भएका छन् । उनको स्वास्थ्य परीक्षणपछि चोट पुष्टि भएको हो । चोटका कारण नेइमारले विश्वकपअघि…

    पहिलो

    नेशनल मेडिकल कलेजमा ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (FDT) सफलतापूर्वक सम्पन्न-

    • June 26, 2026
    • 105 views
    नेशनल मेडिकल कलेजमा ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (FDT) सफलतापूर्वक सम्पन्न-

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    • June 25, 2026
    • 105 views
    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा  रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साद्वारा कर्डन यन्ड सर्च अप्रेशन संचालन गरी भारी मात्रामा लागु औषध गाँजा बरामद-

    • June 25, 2026
    • 84 views
    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साद्वारा कर्डन यन्ड सर्च अप्रेशन संचालन गरी भारी मात्रामा लागु औषध गाँजा बरामद-

    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    • June 24, 2026
    • 108 views
    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    • June 24, 2026
    • 71 views
    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    • June 24, 2026
    • 97 views
    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-