‘दलितलाई खै’ भन्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन

काठमाडौँ । असोज ३ गते बिहीबार देशभर संविधान दिवसका अवसरमा विभिन्न कार्यक्रम तथा खुसीयाली मनाइरहँदा राजधानी काठमाडौँको माइतिघरदेखि नयाँ बानेश्वरसम्म भने ‘दलितलाई खै’ भन्दै प्रदर्शन भएको छ ।

संविधानले दलित समुदायको अधिकारका लागि विभिन्न हक र अधिकारको व्यवस्था गरे पनि सरकारले त्यसको कार्यान्वयन नगरेको भन्दै ‘दलितका लागि दलित अभियान नेपाल’को अगुवाइमा माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन भएको हो ।प्रदर्शनका क्रममा माइतिघरदेखि नयाँ बानेश्वरसम्मको मुख्य सडक केही घण्टा अस्तव्यस्त बनेको थियो भने सुरक्षाकर्मीलाई व्यवस्थापन गर्न असहज भएको थियो ।

अभियानका संयोजक खगेन्द्र सुनारले सामाजिक सञ्जालमार्फत आव्हान गरेकोमा देशभरबाट आएका दलित समुदायका युवा उक्त प्रदर्शनमा सहभागी भएका छन् । सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलित समुदायलाई विभेद गरिएको भन्दै संयोजक सुनारले करिव ४५ दिनदेखि माइतीघर मण्डलामा नेल लगाएर प्रदर्शन गरिरहेकोमा संविधान दिवसका अवसरमा माइतिघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरिएको हो ।

पछिल्लो पटक मन्त्रिपरिषद् गठन असमावेशी भएको, राजदूत नियुक्ति गर्दा समेत समावेशी व्यवस्थालाई बेवास्ता गरिएको, जातीय भेदभाव र छुवाछुतको अन्त्य गर्नका लागि सरकारले प्रभावकारी कानुन, नीति कार्यक्रम र बजेटकोको व्यवस्था नगरेको भन्दै युवाले विभिन्न प्ले–कार्डसहित र्‍याली निकालेर ‘दलितलाई खै’ भन्दै प्रदर्शन गरेका हुन् ।

माइतिघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरिसकेपछि नयाँ बानेश्वरमा उक्त प्रदर्शन कोणसभामा परिणत भएको थियो । कोणसभालाई संयोजक सुनारले सम्बोधन गरेका थिए भने कलाकार हेमन्त कान्छा रसाइली, आयुस परियार लगायतले जातीय विभेद विरुद्धका गीत प्रस्तुत गरेका थिए ।

  • Related Posts

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-११ स्थित डब्लु डब्लु…

    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    काठमाडौं । विशेष अदालतमा दर्ता भएको घुस तथा रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत भएका तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ । विशेष अदालतमा दर्ता…

    पहिलो

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    • May 28, 2026
    • 28 views
    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    • May 28, 2026
    • 75 views
    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    “भारत र पाकिस्तान अझै पनि सिन्धु जल सन्धि पुनर्स्थापित गर्न सहमत हुन सक्दैनन्, तर पुन: संलग्नताले दिगो शान्ति ल्याउन मद्दत गर्न सक्छ”

    • May 27, 2026
    • 58 views

    भारत सरकार द्वारा नेपाल सरकार लाई दश वटा कैदी वाहक ट्रक उपहार-

    • May 26, 2026
    • 65 views
    भारत सरकार द्वारा नेपाल सरकार लाई दश वटा कैदी वाहक ट्रक उपहार-

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    • May 26, 2026
    • 53 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    • May 26, 2026
    • 40 views
    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा